यो कदम भारतीय तटरक्षक सहित सशस्त्र सेना का सबै पंक्तिमा लागत प्रभावी र सुरक्षित हुने तथा यसको माध्यमबाट उच्च प्रशिक्षण प्राप्त गर्न सकिने

सबै सैन्य क्षेत्रहरुमा सिमुलेशन आधारित प्रशिक्षण प्रदान गर्न का निम्ति भारतको रक्षा मन्त्रालयले बिहीबार भारतीय तटरक्षक सहित देश का सम्पूर्ण सशस्त्र सेनाहरु का लागी सिमुलेटर को बृद्धि र समन्वयित उपयोग को रूपरेखा जारी गरेको छ।

रक्षा मन्त्रालयले एक विज्ञप्तिमा भन्यो, "सेना, नेताहरु, रखरखावहरु, प्रशासकहरु, जीवन विज्ञान विशेषज्ञहरु, खरीद र वित्तीय एजेन्सीहरु लगायत अन्य सबै सैन्य क्षेत्रहरु मा सिमुलेशन आधारित प्रशिक्षण प्रदान गर्न का निम्ति रुपरेखा तैयार पारिएको छ। यसबाट लागत प्रभावी, कुशल, सुरक्षित, छिटो गती र उच्च प्रशिक्षण प्रदान गर्न सकिनेछ।"

रूपरेखामा स्वदेशी योजना र विकासको साथसाथै भारतीय कम्पनीहरुलाई सिमुलेटरहरुको संचालन र रखरखाव को जिम्मा दिइएको छ। रूपरेखाका निम्न लक्ष्य र उद्देश्य छन्: प्रत्यक्ष उपकरण उपयोग घटाउनु; सिमुलेटर को चरणबद्ध सन्चालन का लागि क्षमता योजनाहरुको सुनिश्चितता, खरीद योजना चरण मा सिमुलेटर को आवश्यकता र सरकार को विभिन्न एजेन्सीहरु को बीच समन्वय।

सशस्त्र बलद्वारा भविष्य मा खरिद का लागि तथा सबै प्रकार को सिमुलेटरहरुमा लागू यो नीति लागू हुनेछ। लगातार हुने प्रशिक्षण लागत घटाउन, उपकरण को जीवन संरक्षण बढाउन, विभिन्न अभियान सञ्चालन का लागि तथा उच्च स्तर हासिल गर्न का लागी सिमुलेशन प्रविधि को अन्वेषण गरिनेछ।

तीन सेवा र आईसीजी द्वारा सिमुलेटर को प्रयोग का लागी रक्षा मन्त्रालय र औद्योगिक संघ का सबै घटक लाई जिम्मेवारी प्रदान गरी एक विस्तृत कार्य योजना को पालना गरिनेछ।

रक्षा मन्त्रालयका अनुसार विकास, उत्पादन र मर्मत सम्भारमा संलग्न भारतीय एजेन्सीहरु स्वदेशी स्तरमा यस ढाँचाको‌ निर्माण गर्नेछन् साथै उच्चतम स्तर सुनिश्चित गर्न सशस्त्र सेना पनि सिमुलेटरहरुको उत्पादन मा संलग्न हुनेछन्।