नयाँ रणनीतिक आर्थिक सम्झौताद्वारा द्विपक्षीय व्यापार बढ्ने अपेक्षा

द्विपक्षीय आर्थिक सम्बन्ध बलियो बनाउन र व्यापार र लगानी साझेदारी विस्तार गर्ने उद्देश्यले भारत र संयुक्त अरब इमिरेट्स (यूएई)ले सेप्टेम्बर महिनाको २३-२४ तारिख सम्म मा पहिलो चरणको वार्ता गर्ने भएका छन्।

अर्को वर्ष को‌ मार्च महिनामा एक व्यापक आर्थिक साझेदारी सम्झौता (सीईपीए) मा हस्ताक्षर गर्ने लक्ष्य लिइएको छ।

यस नयाँ रणनीतिक आर्थिक सम्झौताद्वारा हस्ताक्षर भएको पाँच बर्ष अवधिमा द्विपक्षीय व्यापार १०० अरब डलर ले बढ्ने र सेवा व्यापार १५ अरब अमेरिकी डलर ले बढ्ने अपेक्षा गरिएको छ।

बुधवार केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयल र संयुक्त अरब इमिरेट्स का विदेश व्यापार राज्यमन्त्री थानी बिन अहमद अल जियोउदीले औपचारिक रुपमा भारत संयुक्त अरब इमिरेट्स सीईपीए वार्ता शुरू गरेका छन्।

अल जियोउदी र संयुक्त अरब इमिरेट्स (यूएई) का एक उच्चस्तरीय प्रतिनिधिमण्डल नयाँ दिल्ली पुगेका छन्। यस समयावधिमा द्विपक्षीय आर्थिक सम्बन्ध मा सुधार र वर्तमान व्यापार र लगानी सम्बन्ध को विस्तार बारे वार्ता गरिनेछ।

सन् २०१७ मा हस्ताक्षर भएको बृहत रणनीतिक साझेदारी अन्तर्गत दुबै देशले गरेको प्रगतिलाई अगाडि बढाउन खोज्दै छन्। दुबै मन्त्रीहरुले आपसी हितकारी आर्थिक सम्झौतामा पुग्न इच्छा व्यक्त गरेका छन्।

सीईपीए को वार्ता छिटो र रचनात्मक ढंगले सम्पन्न भएमा दुबै देशहरु बीच गहिरो व्यापार र आर्थिक सम्बन्ध अझ सुदृढ बन्नेछ।

बयान अनुसार दुबै पक्ष आन्तरिक कानूनी प्रक्रिया र अनुमोदन पूरा भएपछि सन् २०२१ को डिसेम्बर महिना सम्म वार्ता समाप्त गर्ने र सन् २०२२ को मार्च महिना मा औपचारिक सम्झौतामा हस्ताक्षर गर्ने लक्ष्य राख्नेछन्।

यस सम्झौता ले नयाँ रोजगारी सृजना गर्ने, जीवनस्तर उकास्ने, र दुबै देशहरुमा व्यापक सामाजिक र आर्थिक अवसर प्रदान गर्ने दुवै मन्त्री ले आशा व्यक्त गरेका छन्।

वर्तमान समय मा संयुक्त अरब इमिरेट्स भारत को तेस्रो सबैभन्दा ठूलो व्यापारिक साझेदार हो। आर्थिक वर्ष २०१९/२०२० मा दुई देश बीच ५९ अरब अमेरिकी डलर को व्यापार भएको थियो।

अमेरिका पछि संयुक्त अरब इमिरेट्स भारतको दोस्रो ठूलो निर्यात गन्तव्य हो। आर्थिक वर्ष २०१९-२०२० मा दुई देश बीच करिब २९ अरब अमेरिकी डलर को निर्यात भएको थियो।

सन् २०१९ मा भारत संयुक्त अरब इमिरेट्स (यूएई) को दोस्रो सबैभन्दा ठूलो व्यापारिक साझेदार थियो। त्यसबेला द्विपक्षीय गैर-तेल व्यापार ४१ अर्ब डलर बराबरको भएको थियो।

त्यस्तै संयुक्त अरब इमिरेट्स भारतको आठौं सबैभन्दा ठूलो लगानीकर्ता हो। संयुक्त अरब इमिरेट्स ले सन् २००० अप्रिल देखि सन् २०२१ मार्च महिना सम ११ अरब अमेरिकी डलर को लगानी गरिसकेको छ। जबकि यूएई मा भारतीय कम्पनीहरु ले करिब ८५ अरब अमेरिकी डलर को लगानी गरेका छन्।

भारत ले संयुक्त अरब इमिरेट्स मा निर्यात गर्ने उत्पाद मा मुख्यतया पेट्रोलियम उत्पादनहरु, बहुमूल्य धातुहरु, पत्थर, रत्न र गहना, खनिज, अनाज, चिनी, फलफूल र तरकारीहरु, चिया, मासु, र समुद्री खाना, कपडा, ईन्जिनियरिङ र कलपुर्जा उत्पादनहरु, र रसायनहरु सामेल छन्।

यस्तै संयुक्त अरब इमिरेट्स बाट भारतमा आयात हुने उतपाद मा मुख्यतया पेट्रोलियम र पेट्रोलियम उत्पादनहरु, बहुमूल्य धातुहरु, पत्थर, रत्न र गहना, खनिज, रसायन र काठ र काठ को उत्पादनहरुसामेल छन्। आर्थिक वर्ष २०१९-२०२० मा भारतमा संयुक्त अरब इमिरेट्सबाट १०.९ अरब अमेरिकी डलर को कच्चा तेल आयात भएको थियो।