सम्भावित भावी सहयोगका लागि आ-आफ्ना विशेषज्ञता आदानप्रदान गर्न दुवै पक्ष सहमत

बिहिबार भारत र अष्ट्रेलिया बीच पहिलो संयुक्त कार्य समूह (जेडब्लुजी) बैठक सम्पन्न भएको छ। उक्त बैठकमा कोइला र खानी, स्वच्छ कोइला प्रविधि र कौशल विकास र प्रशिक्षण मा सहयोग जस्ता क्षेत्रहरु बारे छलफल भएको थियो।

आउँदो अक्टोबर महिनाको १३ तारिख मा भारत र अष्ट्रेलिया बीच ऊर्जा संवाद हुने योजना छ। त्यसै सन्दर्भमा भिडियो सम्मेलन मार्फत उक्त बैठक बसिएको थियो।

भारतीय कोइला मन्त्रालयका अनुसार उक्त बैठकमा वर्तमान र भविष्यका परिदृश्य, महत्वपूर्ण र रणनीतिक खनिज-मांग र आपूर्ति तथा भारतीय कोइला संसाधनहरु बारे चर्चा गरिएको थियो।

स्वच्छ कोइला प्रविधि, सतही कोइला गैसिकरण, कोइला बेड मीथेन, आगो निभाउन अत्याधुनिक प्रविधि साझेदारी, कोइलामा आधारित हाइड्रोजन उत्सर्जन, कार्बन कार्यान्वयन र भण्डारण (सीसीयुएस) क्षेत्रमा भारत अष्ट्रेलिया सहयोगका बारेमा पनि छलफल भएको थियो।

यसका साथै कोइला प्रविधि मा व्यापारिक समर्थन, प्रविधि हस्तान्तरण, कौशल विकास र प्रशिक्षण मा सहयोग, र अष्ट्रेलिया बाट कोइला आयात बारे पनि छलफल भएको थियो।

सम्भावित भावी सहयोगका लागि आ-आफ्ना विशेषज्ञता आदानप्रदान गर्न दुवै पक्ष सहमत भएका छन्। यस बाहेक अन्य विषयमा पनि छलफल गर्न दुवै पक्ष सहमत भएका छन्।

भारतीय पक्ष बाट संसाधन, प्रविधि, स्थायित्व र व्यापार अवसर विषयमा प्रस्तुती दिइएको थियो।

अस्ट्रेलियन पक्षले वैश्विक संशाधन रणनीति, ऊर्जा र उद्योग का लागि कार्बन कार्यान्वयन र भण्डारण (सीसीयुएस), र व्यापार कच्चा माल मा द्विपक्षीय समर्थन बारे प्रस्तुति दिएका थिए।

भारतीय पक्षबाट कोइला मन्त्रालयका अतिरिक्त सचिव विनोद कुमार तिवारी र अस्ट्रेलियाको तर्फबाट संसाधन विभागका प्रमुख पॉल ट्रोटमैनले बैठकको सहअध्यक्षता गरेका थिए।

आफ्नो उद्घाटन टिप्पणी मा तिवारीले भारत मा कोइला क्षेत्र को स्थिति र भविष्यको तयारी बारे प्रस्तुति दिएका थिए। उनले दुबै देशमा कोइला र खानी क्षेत्रहरुमा सम्भावित सहयोग का‌ बारे प्रकाश पारेका थिए।