राष्टपति जो बिडेनको निमन्त्रणामा मोदी अमेरिका भ्रमणमा हुनुहुन्छ

बुधबारदेखि शुरु भएको चार दिवसीय अमेरिका भ्रमणमा जानुअघि प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो बयानमा अमेरिकी राष्ट्रपति जो बिडेनसँग द्विपक्षीय भेटघाटमा भारत अमेरिका व्यापक वैश्विक रणनीतिक साझेदारीको समीक्षा गर्ने र त्यसबारे विचार आदानप्रदान गर्ने बताउनुभएको छ। यसका साथै उनले पारस्परिक हित तथा क्षेत्रीय र वैश्विक मुद्दाहरु बारे पनि चर्चा गर्ने बताउनुभएको छ।

उनी राष्ट्रपति जो बिडेनको निमन्त्रणामा सेप्टेम्बर २२ तारिख देखि २५ तारिख सम्म अमेरिका भ्रमणमा हुनुहुन्छ।

प्रधानमन्त्रीले आफ्नो भ्रमणको क्रममा उपराष्ट्रपति कमला हैरिसलाई भेट्न आतुर रहेको बताउनुभएको छ। साथै उनी यस भ्रमण मार्फत विज्ञान र प्रविधि क्षेत्रमा दुई देश बीच सहयोगको नँया अवसर सिर्जना गर्न इच्छुक रहेको पनि बताउनुभएको छ।

यसका साथै पहिलो पटक सम्पुर्ण सदस्य राष्ट्र का प्रमुख नेतृत्व को भौतिक उपस्थिति मा क्वाड शिखर सम्मेलन हुनगइरहेको छ। प्रधानमन्त्री मोदीले उनी यस सम्मेलनमा अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन, जापानी प्रधानमन्त्री सुगा र राष्ट्रपति बिडेन सहित सहभागी हुने बताउनुभयो।

यसका साथै मार्च महिनामा आयोजित शिखर सम्मेलन पछि भएको प्रगतिको पनि समीक्षा गर्ने प्रधानमन्त्री ले बताउनुभयो। साथै हिन्द प्रशान्त क्षेत्रमा आधारित भएर भविष्यमा हुनसक्ने संलग्नता बारे पनि छलफल गरिने वहाँ ले बताउनुभयो।

प्रधानमन्त्री मोदी ले अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन र जापानी प्रधानमन्त्री योशिहिदे सुगालाई भेट्नुहुने पनि बताउनुभयो। दुवै देशका नेतृत्व सँग भेट गरी द्वीपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय तथा वैश्विक समर्थन लाई निरन्तरता दिइने पनि प्रधानमन्त्री ले‌ जानकारी दिनुभयो।

यसका साथै उनी संयुक्त राष्ट्र महासभा मा सहभागी हुनुहुने र कोविड १९ महामारी, आतंकवाद विरुद्ध लडाई, जलवायु परिवर्तन तथा अन्य महत्वपूर्ण मुद्दामा मा छलफल हुने बताउनुभयो।

यस भ्रमण बाट अमेरिका सँग भारतको व्यापक रणनीतिक साझेदारी सुदृढ हुने, भारतका रणनीतीक साझेदार जापान र अस्ट्रेलिया सँग सम्बन्ध विस्तार हुने र महत्वपूर्ण वैश्विक मुद्दामा सहयोग विस्तार हुने प्रधानमन्त्री मोदी ले बताउनुभयो।