भारतमा‌ निर्माण गरिने कोविशिल्ड खोप बेलायतको एस्ट्राजेनेका बाट इजाजतपत्र प्राप्त उत्पादन हो

भारतमा व्यापक आलोचना भएपछि बुधबार बेलायत ले अक्सफोर्ड को एस्ट्राजेनेका बाट इजाजतपत्र प्राप्त कोविशिल्ड खोपले मान्यता पाउने बताएको छ।

मंगलबार न्यु योर्कमा भएको बैठकमा विदेशमन्त्री एस जयशंकरले बेलायती विदेश सचिव लिज ट्रस समक्ष यो मुद्दालाई कडा रुपमा प्रस्तुत गरेका थिए। यसको एक दिन पछि यो घोषणा भएको हो।

उनले "पारस्परिक हित" का लागि क्वारेन्टाइन मुद्दा को शीघ्र समाधान को लागी पनि आग्रह गरेका थिए।

यध्यपी कोविशिल्ड खोप को दुवै खुराक प्राप्त गरेका भारतीय क्वारेन्टाइन मा बस्नुपर्ने वा नपर्ने बारे भने केही खुलाइएको छैन।

संशोधित बेलायती यात्रा दिशानिर्देश पनि भारतको खोप प्रमाणीकरण मा मौन बसेको छ। भारत स्थित ब्रिटिश उच्चायोगले भने खोप प्रमाणिकरण पक्षमा काम गरिरहेको बताएको छ।

अक्सफोर्ड/एस्ट्राजेनेका, फाइजर बायोन्टेक, मोडेर्ना वा अष्ट्रेलिया को सार्वजनिक स्वास्थ्य संस्था बाट प्राप्त जेन्सेन खोप, एन्टिगुआ र बार्बुडा, बार्बाडोस, बहराइन, ब्रुनेई, क्यानडा, डोमिनिका, इजरायल, जापान, कुवेत, मलेसिया, न्यूजील्याण्ड, कतार, साउदी अरब, सिंगापुर, दक्षिण कोरिया, ताइवान वा संयुक्त अरब इमिरेट्स (यूएई) बाट खोप लगाएमा मात्र मान्यता प्रदान गर्ने संशोधित बेलायती यात्रा दिशानिर्देशले जनाएको छ।

एस्ट्राजेनेका कोभिशिल्ड, एस्ट्राजेनेका भक्जेभ्रिया र मोडेर्ना टाकेडा जस्ता ४ सूचीबद्ध खोप पनि अनुमोदित खोप को रूप मा योग्य मानिने बेलायतद्वारा जारी संशोधित यात्रा दिशानिर्देश मा भनिएको छ।

बुधबार भारत स्थित बेलायती उच्चायोगले भन्यो, " एक प्रासंगिक सार्वजनिक स्वास्थ्य निकाय द्वारा खोप लगाईएका मानिसहरु लाई बेलायतमा खोप मान्यता प्रदान गर्न हामी भारत सरकार संग मिलेर काम गरिरहेका छौं।"

संशोधित यात्रा दिशानिर्देश बारे बताउँदै प्रवक्ताले भने, " व्यावहारिक रूपमा सकेसम्म चाँडो अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध खोल्न बेलायत प्रतिबद्ध छ र यो घोषणा जनताको स्वास्थ्यको रक्षा गर्दै सुरक्षित र दिगो तरीकाले फेरि स्वतन्त्र रूपमा यात्रा गर्न सक्षम पार्न अर्को कदम हो।"

जयशंकर र ट्रस बिच भएको छलफल बारे बताउँदै भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले बेलायतले यो समस्या चाँडै समाधान हुने आश्वासन दिएको बताएका थिए।

अक्टोबर ४ तारिख देखि लागु हुने नयाँ यात्रा नियम अनुसार भारतीय नागरिक ले एस्ट्राजेनेका को कोवोशिल्ड खोप को दुवै मात्रा लगाए पनि बेलायत मा भने भारतीय ले खोप नलगाएको नै मानिने छ।

उनीहरुलाई १० दिन क्वारेन्टाइनमा राख्नु पर्ने नियम बनाइएको थियो।

मंगलबार एक प्रेस विज्ञप्ति मा एक प्रश्नको जवाफ दिदै विदेश सचिव ले भारतमा‌ निर्माण गरिने कोविशिल्ड खोप बेलायतको एस्ट्राजेनेका बाट इजाजतपत्र प्राप्त उत्पादन भएको जानकारी दिएका थिए।

बेलायत सरकारको अनुरोधमा कोविशिल्डको ५० लाख खुराक बेलायत आपूर्ति गरिएको उनले जानकारी दिनुभयो।

कोभिशिल्डलाई मान्यता नदिनु एक भेदभावपूर्ण नीति हो भनी औंल्याउँदै उनले यसले बेलायतको यात्रा गर्ने भारतीय नागरिकहरुलाई असर पार्ने बताउनुभयो।