सोमबार भएको चुनावमा क्यानडा का प्रधानमन्त्री जस्टिन ट्रूडोको लिबरल पार्टी द्वारा जित हासिल, तर संसदमा पूर्ण बहुमत प्राप्त गर्न भने असफल

सेप्टेम्बर २० तारिख मा भएको चुनाव मा जित हासिल गरेको मा प्रधानमन्त्री नरेन्द्र मोदीले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई बधाई दिनुभएको छ।

प्रधानमन्त्री मोदीले आफ्नो ट्वीटमा भन्नुभयो, "बधाई छ प्रधानमन्त्री @जस्टिनट्रुडो चुनाव मा तपाइँको जीत को लागी! मँ भारत क्यानडा सम्बन्धलाई अझ सुदृढ पार्नको साथसाथै वैश्विक र बहुपक्षीय मुद्दाहरुमा हाम्रो सहयोग विस्तारको काम जारी राख्न चाहन्छु।"

क्यानडा का जनताले फेरि एकपटक लिबरल पार्टी का प्रधानमन्त्री जस्टिन ट्रुडोलाई सत्तामा फर्काएका छन्। क्यानडा का केही समाचार माध्यम का अनुसार चुनाव निकै प्रतिस्पर्धात्मक थियो। तर उनी पूर्ण बहुमत प्राप्त गर्न असफल भएका छन्।

पूर्ण बहुमत प्राप्त गर्न असफल भए पनि, जस्टिन ट्रुडो तेस्रो कार्यकालका लागि क्यानडाको प्रधानमन्त्री बन्ने तयारीमा छन्। उनले पहिले नै सोमबारमा‌ हुने चुनावमा आफ्नो लिबरल पार्टीले जित प्राप्त गर्ने अनुमान गरेका थिए।

सन् २०१५ देखि सत्तामा रहेका ट्रुडोले ६ वर्षभन्दा कम समयमा तीनवटा आम चुनाव जितिसकेका छन्।

क्यानडा र भारत बीच लामो समयदेखि लोकतन्त्र, बहुलवाद र बलियो पारस्परिक सम्बन्धमा आधारित द्विपक्षीय सम्बन्ध स्थापित छ।

प्रधानमन्त्री मोदी र ट्रुडोको कार्यकालमा दुई देश बीच द्विपक्षीय साझेदारी पुनर्जीवित भएको छ।

सन् २०१५ अप्रिल महिनामा भएको प्रधानमन्त्री मोदीको क्यानडा भ्रमणले रणनीतिक साझेदारीलाई नँया गति प्रदान गरेको थियो।

सन् २०१८ फेब्रुअरी महिनाको १८ तारिख मा प्रधानमन्त्री ट्रुडो भारत आउनु भएको थियो। सन् २०१९ अगस्ट २६ तारिख मा आयोजित जी ७ शिखर सम्मेलन को क्रम मा दुवै प्रधानमन्त्री बीच अनौपचारिक कुराकानी भएको थियो।

यी भ्रमण र बैठक को माध्यमबाट दुवै देश बीच सार्वभौमसत्ता, एकता र क्षेत्रीय अखण्डतामा आधारित बलियो द्वीपक्षीय सम्बन्ध स्थापित भएको छ।

कोभिड १९ महामारीको बीच दुवै प्रधानमन्त्री बीच कुराकानी भएको थियो। सन् २०२० अप्रिल २८ तारिख मा पहिलो कुराकानी भएको थियो भने सन् २०२१ फेब्रुअरी महिनाको २० तारिख मा दोस्रो पटक कुराकानी भएको थियो। सो क्रममा क्षेत्रीय र वैश्विक मामिला, वैश्विक आपूर्ति श्रृंखला, खोपको लागी अनुसन्धान र प्रविधि मा सहयोग, भारत बाट औषधि आपूर्ति, तथा फसेका भारतीय र क्यानाडेली जनता को उद्धार बारे छलफल भएको थियो।