विदेश राज्यमन्त्री को यस भ्रमण ले द्विपक्षीय सम्बन्ध मा एक नयाँ गति प्रदान हुने

परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै जानकारी दिए अनुसार विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाकाशी लेखी सेप्टेम्बर महिनाको २३ तारिख देखि ३० तारिख सम्म उज्बेकिस्तान र स्विट्जरल्याण्डको आठ दिने औपचारिक भ्रमणमा जानेछिन्।

विदेश मन्त्रालयका अनुसार सेप्टेम्बर महिनाको २३ देखि २६ तारिख सम्म उनी उज्बेकिस्तानको भ्रमण मा हुनेछिन्। सो क्रममा राज्यमन्त्री लेखीले उज्बेकिस्तानका विदेशमन्त्री अब्दुलाजिज कामिलोभ र संस्कृति मन्त्री ओजोडबेक नजरबेकोभलाई भेट्नेछिन्।

उनी प्रतिष्ठित ताशकन्द राज्य कानुनी विश्वविद्यालय मा 'भारतको लोकतान्त्रिक परम्परा' मा व्याख्यान दिनेछिन्।

उनी ताशकन्दमा भारतीय समुदायका सदस्यहरु संग एक अन्तरक्रिया गर्नेछिन् भने ताशकन्द राज्य प्राच्य अध्ययन संस्थान र अन्य संस्थाहरुका प्रतिष्ठित बुद्धिजीवी सँग भेटवार्ता गर्नेछिन्।

मन्त्रालयका अनुसार राज्यमन्त्रीले 'आजादी का अमृत महोत्सव' समारोहको एक भागको रूपमा बुखारा राज्यका विश्वविद्यालय का बिधार्थीलाई सम्बोधन पनि गर्नेछिन्। यसका साथै उनी समरकन्द राज्य का चिकित्सा विश्वविद्यालय मा अध्ययनरत विद्यार्थीहरुसंग अन्तरक्रिया गर्ने छिन्।

त्यस्तै उनी सेप्टेम्बर महिनाको २७ देखि ३० तारिख सम्म स्विट्जरल्याण्ड को भ्रमण मा हुनेछिन्। सो क्रममा उनी संघीय पार्षद, विदेश मामिला (विदेश मन्त्री) इगनाजियो कासिस र संघीय पार्षद, गृह मामिला र संस्कृति मन्त्रालय का एलेन बर्सेट संग छलफल गर्नेछिन्।

यसका साथै विदेश राज्यमन्त्री लेखी एनजेडजेड को वित्त सम्मेलन को उद्घाटन समारोहमा सम्बोधन गर्नेछिन्। उनी "उभरिरहेको बजारमा पूर्वाधार-विकास र वास्तविक प्रभाव को एक इन्जिन" विषयक सम्मेलन बारे बोल्ने छिन्। साथै उनी स्विस-भारत चेम्बर अफ कमर्स को वार्षिक साधारण सभा मा पनि सहभागी हुने छिन्।

राज्यमन्त्रीले भारतीय स्विस समुदायसँग अन्तरक्रिया गर्नेछिन् र जेनेभामा अन्तर्राष्ट्रिय समुदायका सदस्यहरुसँग भेट गर्नेछिन्।

उज्बेकिस्तान र स्विट्जरल्याण्ड संग भारतको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्ध स्थापित छ। विदेश मन्त्रालय का अनुसार राज्यमन्त्रीको यस भ्रमण ले यस द्विपक्षीय सम्बन्ध मा नँया गति प्रदान गर्नेछ।