कोविड १९ महामारी पछि छिमेकी मुलुक बाहेक प्रधानमन्त्री को यो पहिलो विदेश भ्रमण

सेप्टेम्बर महिनाको २२ तारिख देखि प्रधानमन्त्री नरेन्द्र मोदीको चार दिवसीय अमेरिकी भ्रमण शुरु हुनेछ। सो भ्रमणको‌ क्रममा उनी अमेरिकी नेतृत्व संग द्विपक्षीय छलफल गर्नुहुनेछ, क्वाड शिखर सम्मेलनमा भाग लिनुहुनेछ र संयुक्त राष्ट्र संघलाई सम्बोधन गर्नुहुनेछ। यसका साथै उनी व्यापारिक नेताहरु संग कुराकानी पनि गर्नुहुनेछ।

मंगलबार विदेश सचिव हर्षवर्धन श्रृंगलाले एक विशेष प्रेस विज्ञप्ति मार्फत जानकारी दिनुभए अनुसार सेप्टेम्बर महिनाको २४ तारिख का दिन प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बिडेन बीच ह्वाइट हाउसमा भेट हुने कार्यक्रम रहेको छ।

उनले भने, "प्रधानमन्त्री र राष्ट्रपति बिडेनले बलियो र बहुआयामिक भारत-अमेरिकी द्विपक्षीय सम्बन्धको समीक्षा गर्नेछन्। उनीहरु दुई देश बीचको रणनीतिक वैश्विक साझेदारीलाई कसरी अझ समृद्ध बनाउन सकिन्छ भन्ने बारेमा पनि छलफल गर्नेछन्।"

विदेश सचिव ले भन्नुभयो, " दुवै नेतृत्व ले द्विपक्षीय व्यापार र लगानी सम्बन्धलाई कसरी सुदृढ पार्ने, रक्षा र सुरक्षा सहयोगलाई सुदृढ पार्ने, स्वच्छ रणनीतिक स्वच्छ ऊर्जा साझेदारीलाई बढाउने, रक्षा र सुरक्षा, नवाचार र उद्योग सम्बन्ध सहित नयाँ अवसर र उदीयमान प्रविधि को अन्वेषण बारे छलफल गर्ने अपेक्षा गरिएको छ।"

सेप्टेम्बर महिनाको २२ देखि २५ तारिख सम्म हुने प्रधानमन्त्री को यस भ्रमण मा विदेश मन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र वरिष्ठ अधिकारीहरु सहित एक उच्च स्तरीय प्रतिनिधिमण्डल पनि साथमा हुनेछन्।

परराष्ट्र सचिवका अनुसार दुई नेतृत्व बीच हुने बैठकमा अफगानिस्तान को वर्तमान स्थिति, र छिमेकीको रूपमा भारतको भूमिका तथा अफगानिस्तान को हालको क्षेत्रीय सुरक्षा स्थिति बारे छलफल हुने अपेक्षा गरिएको छ।

श्रिंगलाले भन्नुभयो, " यस सन्दर्भमा, हामी निस्सन्देह कट्टरपन्थी, उग्रवाद, सीमापार आतंकवाद, र विश्वव्यापी आतंकवादी सञ्जालहरु को विघटन बारे छलफल गर्नेछौं। उनीहरु संयुक्त राष्ट्र सुरक्षा परिषद सहित बहुपक्षीय प्रणाली को सुधार बारे पनि छलफल गर्नेछन्।"

उनले थप भन्नुभयो, "यस का साथै प्रधानमन्त्रीले उच्च शिक्षा, सम्बन्ध र गतिशीलताको माध्यमबाट दुई राष्ट्रका जनता-जनता बीच को सम्बन्ध मा सुधार ल्याउनु पर्ने मा पनि विस्तृत छलफल गर्नुहुनेछ।"

प्रधानमन्त्री ले अमेरिकी उपराष्ट्रपति कमला हैरिससँग पनि भेट गर्नुहुनेछ। विदेश सचिव का अनुसार उपराष्ट्रपतिसँग प्रधानमन्त्रीको यो भेट पहिलो औपचारिक भेट हुनेछ। यो बैठक सेप्टेम्बर २३ तारिख मा हुनेछ।

यसै दिन प्रधानमन्त्री मोदी दुई-पक्षीय व्यापार र लगानी सुदृढीकरणका लागि केहि व्यापार स्तरीय अन्तरक्रिया गर्नुहुनेछ।

"अमेरिका भारतको एक धेरै ठूलो लगानीकर्ता हो। धेरै अमेरिकी कम्पनी ले भारतमा लगानी गरेका छन्। तिनले भारतमा नँया लगानी गर्न सक्छन् या हालको लगानी को विस्तार गर्न सक्छन्।"

श्रिंगला का अनुसार यसै सन्दर्भमा प्रधानमन्त्री ले अमेरिका का केही अग्रणी कम्पनीहरुका उच्च अधिकारीसँग बैठक गर्नुहुनेछ।

यसका साथै पहिलो पटक सम्पुर्ण सदस्य राष्ट्र का प्रमुख नेतृत्व को भौतिक उपस्थिति मा क्वाड शिखर सम्मेलन हुनगइरहेको छ। विदेश सचिव का अनुसार सेप्टेम्बर महिनाको २४ तारिख मा ह्वाइट हाउसमा क्वाड शिखर सम्मेलन को आयोजना हुनेछ। जसमा प्रधानमन्त्री मोदी, अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन, जापानी प्रधानमन्त्री सुगा र राष्ट्रपति बिडेन सामेल हुनेछन्।

श्रिंगला ले भन्नुभयो, " क्षेत्रीय स्थिति र उदीयमान चुनौतिहरु, दक्षिण एशिया र हिन्द प्रशान्त क्षेत्र सहित विभिन्न विषयमा चारै देशका प्रमुखले आ-आफ्ना विचार र दृष्टिकोण आदानप्रदान गर्नेछन्।"

यसका साथै कोविड १९ महामारी नियन्त्रण, उदीयमान प्रविधि सम्बन्धी साझा दृष्टिकोण र जलवायु परिवर्तन समस्या सम्बोधन बारे पनि चारै शिर्ष नेता छलफल गर्नेछन्।

" चारै देशका नेताले मार्च महिनामा आयोजित शिखर सम्मेलन पछि भएको प्रगतिको समीक्षा गर्नेछन्। विशेष गरी कोविड १९ खोप साझेदारी, बन्दरगाह क्षेत्रलाई सकारात्मक र रचनात्मक ढंगले बलियो बनाउने विधि तथा सहयोग का नँया क्षेत्रको‌ पहिचान, समग्र हिन्द प्रशान्त क्षेत्रको सुरक्षा र स्वतन्त्र व्यापार बारे छलफल गर्नेछन्।"

वाशिंगटन डीसी मा कार्यक्रम को समापन पछि प्रधानमन्त्री न्यूयोर्क भ्रमण मा जानुहुनेछ। जहाँ उनी संयुक्त राष्ट्र महासभा मा सहभागी हुनुहुनेछ।

सेप्टेम्बर २५ तारिख मा हुने यस संयुक्त राष्ट्र महासभाको ७६ औं सत्रमा प्रधानमन्त्री मोदी ले सम्बोधन गर्नुहुनेछ।

यस वर्ष को सामान्य बहस को विषय "कोविड १९ महामारीको संकट बाट बच्न र उभर्न स्थिरता को पुनर्निर्माण, विश्व को आवश्यकताको सम्बोधन, मानिसको अधिकार को सम्मान र संयुक्त राष्ट्र संघ को पुनरुत्थान" रहेको छ।

विदेश सचिव का अनुसार यसबाहेक प्रधानमन्त्री मोदी ले भारतका घनिष्ठ साझेदार जापान र अस्ट्रेलिया सँग द्विपक्षीय बैठक गर्नुहुनेछ।

प्रधानमन्त्री मोदी अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन र जापानी प्रधानमन्त्री योशिहिदे सुगालाई भेट्नुहुनेछ‌।

श्रिंगला का अनुसार प्रधानमन्त्रीको यस भ्रमणले भारत, अमेरिका, जापान र अस्ट्रेलिया को सम्बन्ध मा नँया सुधार ल्याउने छ र महत्वपूर्ण रणनीतिक द्विपक्षीय साझेदारीलाई बढावा मिल्नेछ।

यस का साथै यस भ्रमणले विश्वव्यापी हितको लागी समर्पित एक शक्ति को रुपमा क्वाडलाई स्थापित गर्ने र प्रधानमन्त्रीलाई बहुपक्षीय क्षेत्रमा आफ्नो दृष्टिकोण साझा गर्ने अवसर दिने उनको भनाइ रहेको छ।

विदेश सचिवका अनुसार प्रधानमन्त्रीको आगामी भ्रमणले यी मुलुक बीच द्विपक्षीय सम्बन्ध, शान्ति, गहिराई र विविधता वृद्धि हुने र पारस्परिक चासोका बिषयहरुमा व्यापक वैश्विक रणनीतिक साझेदारीलाई अझ सुदृढ पार्ने अवसर प्रदान गर्नेछ।