उत्तरी अफ्रीकी देशमा विदेश राज्यमन्त्री को यो पहिलो भ्रमण

विदेश राज्य मंत्री वी मुरलीधरन हाल अल्जीरिया की तीन दिवसीय भ्रमण मा हुनुहुन्छ। यसै क्रममा उनले विदेश मामिला मन्त्रालयका महासचिव चाकिब रचिद कैद सँग द्विपक्षीय र क्षेत्रीय मुद्दा बारे व्यापक छलफल गरेका छन्।

विदेश राज्यमन्त्री ले आफ्नो ट्वीटमा भन्नु भयो, " अल्जेरियाली विदेश मामिला मन्त्रालयका महासचिव चाकिब रचिद कैद सँग द्विपक्षीय र क्षेत्रीय मुद्दा बारे व्यापक छलफल।"

उनले थप भन्नु भयो, " व्यापार, वाणिज्य, लगानी र रणनीतिक सहयोग मा भारत-अल्जीरिया साझेदारी अझ मजबुत र गहन हुने।"

मन्त्री मुरलीधरण हाल सेप्टेम्बर १५ देखि १७ तारिख सम्म अल्जेरियाको भ्रमणमा हुनुहुन्छ।

भारत र अल्जेरिया बीच दिगो र उत्कृष्ट सम्बन्ध स्थापित छ। जो उपनिवेशवाद विरोधी संघर्ष पछि झन् मजबुत भएको छ।

सन् १९६२ को जुलाई महिना देखि दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको हो। यसै वर्ष अल्जेरिया ले स्वतन्त्रता पनि पाएको थियो।

यस आर्थिक वर्ष २०२०-२१ मा भारत र अल्जेरिया बीच १.३९ अर्ब अमेरिकी डलर बराबरको व्यापार भएको छ। असंख्य भारतीय कम्पनीहरु पनि अल्जेरिया मा कार्यरत छन्।