मन्त्रीद्वारा अन्तरिक्ष क्षेत्र मा साझेदारी र संयुक्त उद्यम को अन्वेषण गर्न ओशिनिया देशहरुलाई निमन्त्रणा

केन्द्रीय मन्त्री जितेन्द्र सिंहले बुधवार भारत सानो उपग्रह प्रक्षेपण बजार को केन्द्र बन्न तयार रहेको बताउँदै अस्ट्रेलिया र न्यूजील्याण्ड जस्ता ओशिनिया देशहरुलाई अन्तरिक्ष क्षेत्रमा सहयोग गर्न आमन्त्रित गरेका छन्।

फिक्की द्वारा आयोजित भारत लीड्स -२०२१ शिखर सम्मेलन मा बोल्दै सिंहले सन् २०२७ सम्म मा साना उपग्रह प्रक्षेपण बजार ३८ अरब अमेरिकी डलर बराबरको हुने अनुमान गर्नुभएको थियो।

केन्द्रीय अन्तरिक्ष विभाग राज्य मन्त्रीले चन्द्र जाँच प्रक्षेपण, उपग्रह निर्माण, विदेशी उपग्रहहरु अन्तरिक्ष मा‌ लैजाने जस्ता क्षेत्रमा भारतले प्रसिद्धि कमाएको बताउनुभयो। भारत मंगल ग्रहमा पनि पुग्न सफल भएको र धेरै समय देखि मंगलयान त्यहाँ रहेको पनि वहाँ ले उल्लेख गर्नुभयो।

'साझेदारी र संयुक्त उद्यम अन्वेषण'

मन्त्री का अनुसार अस्ट्रेलिया र न्यूजील्याण्ड जस्ता मुलुक सुक्ष्म र साना उपग्रह निर्माण, उच्च प्रदर्शन प्रकाशक, रेडियो संचार प्रणाली, अप्टिकल संचार प्रणाली, अत्याधुनिक तथ्यांक प्रणाली जस्ता क्षेत्रमा उच्चतम छन्।

उनले ओशिनिया र प्रशान्त टापुका देशहरु भारत संग सहकार्य गरी संयुक्त रूप मा अन्तरिक्ष प्रविधि समाधान र नवीन उत्पादनहरुको विकास गर्न सक्ने उल्लेख गर्नुभयो।

यी सबै क्षेत्रमा शिक्षा, उद्योग र नँया व्यापार का लागि यी मुलुक भारत सँग सहकार्य गरी अघि बढ्न सक्ने मन्त्री ले औंल्याउनुभयो। यस सम्बन्धमा संयुक्त परियोजनाहरु मा काम गर्ने अवसर रहेको पनि उनको भनाइ थियो।

यस्तो साझेदारीबाट वैश्विक रक्षा कम्पनीहरुलाई आफ्नो व्यवसाय विस्तार गर्न मद्दत गर्न सकिन्छ।

दुर्गम सेन्सर प्रविधि मा अष्ट्रेलिया विश्व नेता भएको औंल्याउँदै सिंहले भारत र ओसियाना मुलुक ले नियमित प्रशिक्षण कार्यक्रम सञ्चालन गरेर र प्रविधि विकासमा भएका राम्रा अभ्यास साझा गरेर एक अर्कालाई सहयोग गर्न सक्ने बताउनु भयो।

सन् १९८७ देखि तथ्यांक संशोधन र लेजर प्रविधि विकास, अष्ट्रेलियाली उपग्रहहरु प्रक्षेपण, र संयुक्त अनुसन्धान संचालन का लागि अष्ट्रेलिया र भारत साझेदारी गर्दै आएका छन्।

भारतको प्रथम मानवयुक्त गगनयान अभियानका लागि अष्ट्रेलियाली अन्तरिक्ष एजेन्सी इस्रो का साथ सहकार्य गर्दै आएको छ। यसका लागि अष्ट्रेलिया मा अस्थायी ग्राउन्ड स्टेशन को पनि निर्माण मा लागेका छन्।

विगत केही वर्षमा अन्तरिक्ष उद्योग विश्वव्यापी रूपमा सबैभन्दा आकर्षक उद्योगको रुपमा उदायमान रहेको र बजारमा साना, सुक्ष्म उपग्रहहरु र पुन: प्रयोज्य र साना उपग्रह प्रक्षेपण वाहन प्रणाली को माग अप्रत्यासित रुपमा बढ्ने वहाँ को भनाइ रहेको छ।

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले आफ्ना अन्तरिक्ष परियोजनाहरु लाई लागू गर्न सार्वजनिक र निजी क्षेत्र दुबै प्रकारका उधोग सँग सहकार्य गरिरहेको वहाँ ले जानकारी दिनुभयो।

इसरोले अत्याधुनिक प्रविधि र अन्तर-ग्रह अन्वेषण अभियान को विकास गरिरहेको छ। यसका साथै परिचालन अभियान र उपग्रह पथप्रदर्शन मा पनि मनग्य अवसर रहेको छ।

भारतले अन्तर्राष्ट्रिय संलग्नता विस्तार गर्दै

भारतले अन्तर्राष्ट्रिय संलग्नता विस्तार गर्न धेरै देशहरु र संगठनहरु संग सहकारी सम्झौता मा हस्ताक्षर गरेको सिंह ले बताउनुभयो।

सहयोगका क्षेत्रहरुमा टाढाबाट पृथ्वीको सेन्सर पत्ता लाउने, हवाइ रडार, सामुद्रिक सुरक्षा मा जागरूकता, उपग्रह संचार, प्रक्षेपण सेवाहरु, अन्तरिक्ष अन्वेषण, अन्तरिक्ष कानून र क्षमता निर्माण समावेश छन्।

आफ्नो सम्बोधनको‌ क्रममा उनले भारतीय अन्तरिक्ष उद्योग को केहि प्रमुख उपलब्धिहरु को बारे पनि बताउनुभयो।

* भारतको पहिलो अन्तरिक्ष वेधशाला, एस्ट्रोस्याटले अन्तरिक्षमा चार बर्ष पूरा गरीसकेको छ र २४ देशहरु बाट ९ सय भन्दा बढी दर्ता भएका प्रयोगकर्ताहरु छन्।

* २०१७ एक रकेट मा १०४ उपग्रह को प्रक्षेपण संग एक प्रमुख उपलब्धि।

* सन् २०१९ जुलाई महिनामा भारतको सबैभन्दा शक्तिशाली प्रक्षेपण वाहन जीएसएलभी-एमके तेस्रो द्वारा ४ टनको जियोसिंक्रोनस ट्रान्सफर कक्ष (जीटिओ) को सफल प्रक्षेपण

* भारतले १०९ वटा अन्तरिक्ष यान अभियान सञ्चालन, ७७ वटा प्रक्षेपण अभियान, १० उपग्रह, २ पुनः प्रवेश अभियान र ३१९ विदेशी उपग्रहहरुको प्रक्षेपण गरिसकेको छ।