नवीन भारतीय व्यवसायले यस डसॉल्ट प्रणाली को प्रयोग गरी विश्वव्यापी रुपमा आफ्नो पहुँच सुनिश्चित गर्न सक्दछ

महत्वाकांक्षी उद्यमीहरु बीच नवाचार र उद्यमशीलता लाई बढावा दिन अटल इनोवेशन मिशन (एआईएम) र फ्रान्सको डसॉल्ट प्रणाली बीच बिहिबार सम्झौता भएको छ। डसॉल्ट प्रणाली एक फ्रान्सेली सफ्टवेयर निगम हो जो थ्रीडी उत्पादनहरु, सिमुलेशन, निर्माण र अन्य को लागी सफ्टवेयर विकास गर्दछ।

भर्चुअल ढाँचामा आयोजित एक कार्यक्रम मार्फत यस सम्झौता मा हस्ताक्षर भएको थियो। यस सम्झौता ले भारतको एमलाई निकै फाइदा पुर्याउने छ।

नीति आयोग का अनुसार यस सम्झौता ले अटल टिकरिंग प्रयोगशाला (एटिएल), एम इन्क्यूबेटर (एआईसी र ईआईसी), अटल सामुदायिक नवाचार केन्द्र (एसिआईसी), अटल नयाँ भारत चुनौती (एएनआईसी) अन्तर्गत अनुदान , र अटल अनुसन्धान र लघु उद्यम(अराइज) लाई फाइदा पुगाउने छ।

डसॉल्ट प्रणाली र एम बीच ६ वटा पक्ष हरु समेटिएका छन्। यस अन्तर्गत डसॉल्ट प्रणाली को थ्रीडी प्रयोगशाला स्टार्ट-अप एक्सेलेरेसन कार्यक्रम को चयन, क्षमता निर्माण को लागी चयन, एम नवीन व्यवसाय का लागि मार्गदर्शन, थ्रीडी अनुभव प्रयोग सम्बन्धित एम स्टार्ट-अप को लागी वैश्विक समुदाय को उपयोग, डसॉल्ट प्रणाली को प्रयोग बाट विश्वव्यापी ग्राहकहरु, साझेदारहरु र प्रविधि सहयोगीहरु सँग जुडाव, डसॉल्ट प्रणाली को राष्ट्रिय र वैश्विक कार्यक्रम मा सहभागिता, र संगठन र एम र नीति आयोग सँग चुनौती को सम्बोधन समावेश छन्।

आफ्नो विचार व्यक्त गर्दै, एम का निर्देशक डा. चिन्तन वैष्णवले डसॉल्ट प्रणाली सँग को यो साझेदारी एक सफल र उपलब्धिमूलक साझेदारी रहेको र यसबाट भारत भर एमको पारिस्थितिकी तंत्र विस्तार भएको बताए।

उनले भन्नुभयो, " नवीन भारतीय व्यवसायले यस डसॉल्ट प्रणाली को प्रयोग गरी विश्वव्यापी रुपमा आफ्नो पहुँच सुनिश्चित गर्न सक्दछ। यसबाट उनीहरू साथीहरु, उद्योग विशेषज्ञहरु, ईन्जिनियरहरु, डिजाइनरहरु संग जोड्न सक्छन्। र थ्रीडी अनुभव प्रयोगशाला को‌ एक हिस्सा बन्न सक्छन्। म यस बारे धेरै उत्साहित छु किनकि यसले विश्वव्यापी समुदाय संग नँया व्यवसायी को गति बढाउन मद्दत प्रदान गर्दछ।"

भारतका प्रबन्ध निर्देशक, डसॉल्ट प्रणाली, दीपक एनजीले आफ्नो विचार साझा गर्दै एआईएम संगको यस सम्झौता ले एक दीर्घकालीन सम्बन्ध को शुरुवात भएको बताउनुभएको छ।

उनले भन्नुभयो, " एम सँग को यस सम्झौता ले प्रविधि, उद्योग को सर्वोत्तम अभ्यास र सरकार द्वारा संचालित नीतिहरु को प्रयोग गरी नँया व्यापार व्यवसाय लाई बलियो बनाउन सकिन्छ।"

"हाम्रो थ्रीडी अनुभव प्रयोगशालाले बिद्युतीय सवारी, ब्याट्री र चार्जिङ, पूर्वाधार, चिकित्सा उपकरण, ऊर्जा र सामग्री क्षेत्र जस्ता नयाँ व्यवसाय लाई नँया र उन्नत प्रविधि र समुदाय मा पहुँच दिनेछ। यसले नँया उद्योगलाई दिगो समाधान र मितव्ययीता प्रदान गर्दछ।"