प्रधानमन्त्री मोदीले शुक्रबार एससीओ राष्ट्र प्रमुखहरुको बैठकलाई सम्बोधन गर्ने

प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ र एससीओ परिषद प्रमुख को २१ औं बैठकको पूर्ण सत्रलाई सम्बोधन गर्नुहुनेछ। यो बैठक शुक्रबार दुशान्बेमा आयोजना हुने छ।

बुधबार विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार प्रधानमन्त्री मोदी ले भिडियो मार्फत यस बैठकलाई सम्बोधन गर्नुहुनेछ।

ताजिकिस्तानका राष्ट्रपति इमामाली रहमोनको अध्यक्षतामा हुने एससीओ राष्ट्र प्रमुखहरुको बैठकमा विदेशमन्त्री एस जयशंकर भौतिक रुपमा सहभागी हुनेछन्।

बैठकमा क्षेत्रीय र अन्तर्राष्ट्रिय महत्वका बिषयहरुमा छलफल हुने अपेक्षा गरिएको छ। हाइब्रिड ढाँचामा आयोजना हुने यो पहिलो एससीओ शिखर सम्मेलन हो। चौथो पटक एससीओ शिखर सम्मेलन भारत एक पूर्ण सदस्यको रुपमा सहभागी हुनेछ।

यस संगठनले यस बर्ष आफ्नो २० औं वार्षिकोत्सव मनाउन गइरहेको छ तसर्थ यस शिखर सम्मेलनले निकै महत्व बोकेको छ। यस शिखर सम्मेलनमा नेताहरुले विगत दुई दशक मा संगठनद्वारा संचालित गतिविधिहरु को समीक्षा गर्नेछन् साथै राज्य र भविष्य को सहयोग को संभावना बारे पनि छलफल गर्नेछन्।

एससीओ शिखर सम्मेलनमा एससीओ सदस्य राष्ट्रहरु, पर्यवेक्षक राज्यहरु, एससीओका महासचिव, एससीओ क्षेत्रीय आतंकवाद विरोधी संरचना का कार्यकारी निर्देशक, तुर्कमेनिस्तानका राष्ट्रपति र अन्य आमन्त्रित पाहुनाहरु सहभागी हुनेछन्।