भारत र अस्ट्रेलिया बीच भएको दुई प्लस दुई मन्त्रीस्तरीय संवाद को चार दिनपछि दुई नेता बीच छलफल

प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार आफ्ना अष्ट्रेलियाली समकक्षी स्कट मोरिसन संग कुराकानी गर्नुभएको छ। उक्त छलफल मा वहाँले दुई देशबीच को बृहत रणनीतिक साझेदारी मा भएको द्रुत प्रगति को समीक्षा गर्नुभएको छ।

यसको बारेमा ट्वीट गर्दै प्रधानमन्त्रीले भन्नुभयो: "मेरो साथी @स्कटमोरीसनएमपि सँग कुरा गर्न पाउँदा खुसी लाग्यो। हामीले हालै २+२ संवाद सहित भारत-अष्ट्रेलिया व्यापक रणनीतिक साझेदारी मा भएको प्रगति को समीक्षा गर्यौं। हामीले क्षेत्रीय घटनाक्रम र आगामी क्वाड बैठक बारे पनि दृष्टिकोण आदानप्रदान गरेका छौं। ”

शनिबार, विदेश मन्त्री एस जयशंकर र रक्षा मंत्री राजथ सिंहले नयाँ दिल्ली मा आफ्ना अष्ट्रेलियाली समकक्षी मारिस पायने र पिटर डटन संग दुई प्लस दुई मन्त्रीस्तरीय संवाद गरेका थिए।

सन् २०२० जून महिनामा व्यापक रणनीतिक साझेदारी विषयमा भारत अष्ट्रेलिया नेताहरुको भर्चुअल शिखर सम्मेलन भएको थियो। यसपछि मात्र दुई देशका नेता बीच दुई प्लस दुई मन्त्री स्तरीय बार्ता भएको हो।

संवादको क्रममा, दुई पक्षले द्विपक्षीय र क्षेत्रीय मुद्दाहरुमा गहन र विस्तृत छलफल गरेका थिए। उनीहरुको छलफलमा रक्षा सहयोग र महामारी बिरूद्ध लड्न व्यापक सहयोग का बारे कुराकानी भएको थियो। उनीहरू ले अफगानिस्तान, हिन्द-प्रशान्त क्षेत्रमा समुद्री सुरक्षा र बहुपक्षीय ढाँचामा सहयोगका बारे आ-आफ्ना विचार आदानप्रदान गरेका थिए।

सेप्टेम्बर महिनाको २४ तारिख मा वाशिंगटन डीसी मा क्वाड को पहिलो व्यक्तिगत नेतृत्व को बैठक हुनलागेको छ। यस अघि प्रधानमन्त्री मोदी र उनका अष्ट्रेलियाली समकक्षी मोरिसन बीच भएको यो वार्तालाई निकै महत्वका साथ हेरिएको छ।

प्रधानमन्त्री मोदी सहभागी हुने क्वाड सम्मेलन मा अफगानिस्तानको विकास, कोभिड १९ महामारी र स्वतन्त्र, खुला र समावेशी हिन्द-प्रशान्त क्षेत्र को लागि सहयोग विस्तार गर्ने तरिका बारे छलफल हुने अपेक्षा गरिएको छ।