परराष्ट्र राज्यमन्त्री मीनाक्षी लेखीको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर

भारतीय कामदार अब पोर्चुगल मा पनि काम गर्न पाउने भएका छन्। भारत र लिस्बन ले द्वीपक्षीय सम्झौता पत्र मा हस्ताक्षर गरेका छन्।

विदेश मन्त्रालयले बुधवार जारी गरेको एक विज्ञप्ति अनुसार विदेश राज्यमन्त्री मीनाक्षी लेखीको तीनदिने (सेप्टेम्बर १२-१४) लिस्बन भ्रमणका क्रममा यो हस्ताक्षर भएको हो।

भारत ले श्रम गतिशीलता मा एक समर्पित सम्झौता मा हस्ताक्षर गरेको पोर्चुगल पहिलो युरोपेली देश हो। यो पनि ईयू बाहिर पोर्चुगल द्वारा हस्ताक्षर गरीएको पहिलो यस्तो सम्झौता हो।

यस समझौता पछि भारतीय कामदार निर्धक्क का साथ पोर्चुगल मा‌काम गर्न पाउने छन्। यस सम्झौता ले भारतीयहरु को लागी नयाँ रोजगारी को अवसर खोलिदिएको छ। यसका साथै दुई देश बीच सामाजिक-आर्थिक सम्बन्ध अझ सुदृढ हुने अपेक्षा पनि गरिएको छ।

भ्रमणका क्रममा विदेश राज्यमन्त्री लेखीले आफ्ना समकक्षी, परराष्ट्र मामिला तथा सहयोग राज्य सचिव फ्रान्सिस्को आन्द्रे सँग द्विपक्षीय सम्बन्ध बारे गहिरो समीक्षा गरेकी थिइन्।

यसअघि पोर्चुगलका विदेशमन्त्री अगस्टो सान्तोस सिल्भाले राज्यमन्त्री लेखीको लागि भोजको आयोजना गरेका थिए। जसमा विदेश मामिला तथा सहयोग राज्य सचिव फ्रान्सिस्को आन्द्रे र अन्तर्राष्ट्रियकरण राज्य सचिव युरिको ब्रिलहान्ते डायस पनि सहभागी भएका थिए।

मन्त्री सिल्भाले भारतको सामूहिक खोप प्रयासको सराहना गरेका छन् र महामारीको स्थितिमा सुधार आएसँगै दुई देश बीच उच्चस्तरीय द्विपक्षीय भ्रमणको गति जारी रहने आशा पनि व्यक्त गरेका छन्।

मन्त्री सिल्भाले यस बर्ष मे महिनामा पोर्टो मा सफल भारत-ईयू नेताहरु को बैठक को पनि उल्लेख गर्नुभयो। यसका साथै उनले ब्रसेल्स मा उक्त बैठकको परिणामको छिटो भन्दा छिटो कार्यान्वयन हुन पर्ने मा‌ पनि जोड दिनुभयो।

राज्यमन्त्री ले पोर्चुगल संग द्विपक्षीय आर्थिक र व्यावसायिक सम्बन्धलाई अघि बढाउन र विविधीकरण गर्न मा अधिक ध्यान केन्द्रित गर्न आग्रह गरिन् र राजनीतिक, व्यवसायिक र व्यक्तिगत सम्बन्ध सुधार गर्न पनि जोड दिइन्।यसका साथै उनले खोप र खोप प्रमाणपत्र को आपसी मान्यता बारे पनि छलफल गरिन्।

पोर्चुगलका संस्कृति मन्त्री डा ग्राका फोन्सेका संग भएको उनको बैठक मा राज्यमन्त्री लेखीले संस्कृति क्षेत्र मा सहयोग सुदृढीकरण का लागि पनि जोड दिइन्। यसका लागि युवाहरु र साहित्यिक प्रतिनिधिहरुको आदान प्रदान, लोथल मा सामुद्रिक विरासत ग्यालरी को स्थापना, सन् २०२० को फेब्रुअरी महिनामा भएको सम्झौता कार्यान्वयन, सम्पदा संरक्षण, अभिलेखालय र संग्रहालय मा क्षमता निर्माण र सम्बन्धित कौशल मा प्रशिक्षकहरुको प्रशिक्षण हुनुपर्ने उनले उल्लेख गरिन्।

यसका साथै राज्यमन्त्री ले पोर्चुगल भाषिका समुदाय(सीपिएलपि) का कार्यकारी सचिव डा जाकारेस डा कोस्टा सँग पनि भेट गरेको थिइन्।

सन् २०२१ जुलाई महिनामा लुआन्डा शिखर सम्मेलनमा भारत सीपीएलपीमा एक पर्यवेक्षकको रूपमा सामेल भएपछि यो भारत र सीपीएलपी बीच पहिलो उच्चस्तरीय अन्तरक्रिया थियो।

राज्यमन्त्री ले सीपीएलपी का उद्देश्य अनुसार लुसोफोन देशहरु संग सहयोग बढाउन भारत प्रतिबद्ध रहेको पनि जानकारी दिइन्।

भ्रमणको क्रममा, लेखीले भारतीय प्रवासीहरु संग कुराकानी गरिन् र लिस्बन मा भारतीय दूतावास द्वारा आयोजित भारत को समृद्ध सांस्कृतिक कार्यक्रम मा पनि भाग लिएकी थिइन्।

उनले भारतीय संस्कृति को संरक्षण र वसुधैव कुटुम्बकम को भावना अन्तर्गत सम्पूर्ण विश्व सँग बलियो सम्बन्ध गाँस्न भारतीय प्रवासी ले महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि उल्लेख गरेकी थिइन्।

राज्यमन्त्रीले महात्मा गान्धी पार्कको पनि भ्रमण गर्नुभएकी थिइन् र महात्मा गान्धीलाई पुष्पांजलि अर्पण गर्नुभएकी थिइन्। त्यसपछि उनले हिन्दू मन्दिरको पनि भ्रमण गर्नुभएकी थिइन्।

पोर्चुगल संग भारत बीच परम्परागत सम्बन्ध स्थापित छ। हालैका वर्ष मा पारस्परिक समझ र समर्थन बाट सो सम्बन्ध झन् दिगो भएको छ।

कोभिड १९ महामारीका कारण उत्पन्न अवरोधका बावजुद दुई देश बीच अर्थतन्त्र र व्यापार, विज्ञान, रक्षा, व्यक्तिगत र सांस्कृतिक सम्बन्ध झन् मजबुत भएको छ।

महामारी पछि पोर्चुगल मा भारतीय पक्षको तर्फ बाट भएको यो पहिलो मन्त्रीस्तरीय भ्रमण हो। यसबाट दुई देशबीच को सम्बन्ध झन् बलियो बनेको छ।