सातौं विदेश कार्यालय परामर्श अनुसार भारत र चिलीद्वारा द्विपक्षीय सम्बन्ध को समीक्षा

महामारी पछि को समयमा आर्थिक गतिबिधि सामान्य रुपमा संचालन गर्न भारत र चिलीले व्यापार र लगानी साझेदारी वृद्धि गर्ने संभावनाहरु को खोजी गरीरहेका छन्।

मँगलबार स्यान्टियागोमा भारत र चिली बीचमा सातौं विदेश कार्यालय परामर्श (एफओसी) आयोजना भएको थियो। यसै परामर्श मा दुई देशबीच यस मुद्दामा छलफल भएको थियो।

विदेश मन्त्रालयका अनुसार एफओसीको क्रममा दुबै पक्षले ब्यापार र लगानी, रक्षा, कृषि, स्वास्थ्य र औषधि, उर्जा, अन्तरिक्ष, अन्टार्कटिका मा सहयोग, आपदा ब्यवस्थापन, सांस्कृतिक र वाणिज्य दूतावास सम्बन्धी द्विपक्षीय सम्बन्ध को विस्तृत समीक्षा गरेका छन्।

दुबै पक्षले कोभिड १९ पछिको स्थिति र महामारी पछि को समयमा आर्थिक गतिबिधि सामान्य रुपमा संचालन गर्न तथा व्यापार र लगानी साझेदारी वृद्धि गर्ने संभावनाहरु को खोजी गर्न आ-आफ्ना विचार आदानप्रदान गरेका थिए।

भारतीय पक्षको नेतृत्व विदेश मन्त्रालयका सचिव सचिव (पूर्व) रिवा गांगुली दास र चिली पक्षको नेतृत्व परराष्ट्र मन्त्रालयका उप-मन्त्री क्यारोलिना भाल्डिभिया टोरेसले गरेका थिए।

दुई पक्षले भारत-चिली सम्बन्ध को एक महत्वपूर्ण पक्ष व्यापार रहेको स्वीकार गरे भने विस्तारित अधिमान्य व्यापार सम्झौता मा भएको प्रगति मा सन्तुष्टि व्यक्त गरे। सो सम्झौता सन् २००६ मा हस्ताक्षर गरीएको थियो र सन् २०१७ मा विस्तार गरिएको थियो।

दुवै पक्षले संयुक्त राष्ट्रसंघ सहयोग सहित साझा हितका क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा पनि विचार आदान प्रदान गरेका थिए र बहुपक्षीय क्षेत्रमा एक अर्कालाई सक्दो सहयोग प्रदान गर्न पनि सहमत भएका थिए।

वार्ता एक मैत्रीपूर्ण र सौहार्दपूर्ण वातावरण मा भएको थियो। दुबै पक्षहरु स्थापित द्विपक्षीय संयन्त्रहरु को माध्यम बाट साझा चासो का विषयमा वार्ता को गति कायम राख्न सहमत भएका छन्।

एफओसी को अर्को बैठक नयाँ दिल्ली मा आयोजित गर्न दुवै पक्ष सहमत भएका छन्।