गत २४ घण्टामा २७ हजार १ सय ७६ जना नँया संक्रमित विरामी थपिए

गत २४ घण्टामा भारतमा ६१ लाख १५ हजार ६ सय ९० खोप खुराक प्रदान गरिएको छ। यसका साथै भारतमा बुधबार सम्म ७५ करोड ८० लाख भन्दा बढी खोप खुराक प्रदान गरिएको छ।

बुधबार बिहान ७ बजेसम्म को अस्थायी प्रतिवेदन अनुसार हालसम्म ७५ करोड ८९ लाख १२ हजार २ सय ७७ खोप खुराक प्रदान गरिएको छ। यो सम्पूर्ण खोप खुराक ७६ लाख ६८ हजार २ सय १६ सत्र मार्फत प्रदान गरिएको हो।

त्यस्तै गत २४ घण्टामा ३८ हजार १२ जना निको भएका छन्। जसका कारण हालसम्म ३ करोड २५ लाख २२ हजार १ सय ७१ जना विरामी निको भइसकेका छन्।

यसका साथै भारतको संक्रमण मुक्त दर ९७.६२ प्रतिशत पुगेको छ।

यसका साथै राज्य सरकार र केन्द्र शासित प्रदेश को संयुक्त प्रयासको नतिजा अनुसार लगातार ८० दिन भारतमा ५० हजार भन्दा कम नयाँ संक्रमित विरामी थपिएका छन्।

गत २४ घण्टामा २७ हजार १ सय ७६ जना नँया संक्रमित विरामी थपिएका छन्।

देशको सक्रिय संक्रमित संख्या हाल ३ लाख ५१ हजार ८७ पुगेको छ। हाल सो संख्या देशको कुल सकारात्मक संख्या को १.०५ प्रतिशत हो।

गत २४ घण्टामा १६ लाख १० हजार ८ सय २९ वटा नमुना परीक्षण गरिएको छ। हालसम्म देशमा ५४ करोड ६० लाख ५५ हजार ७ सय ९६ वटा नमुना परीक्षण भइसकेको छ।

यसका साथै देशको साप्ताहिक सकारात्मकता दर मा पनि कमी आउँदै गएको छ। हाल साप्ताहिक सकारात्मकता दर २ प्रतिशत पुगेको छ। लगातार ८२ दिन यो दर ३ प्रतिशत भन्दा कम मा कायम रहँदै आएको छ।

दैनिक सकारात्मक दर १.६९ प्रतिशत पुगेको छ। लगातार ९९ दिन सो दर ५ प्रतिशत भन्दा कम मा कायम रहँदै आएको छ भने लगातार १६ दिन सो दर ३ प्रतिशत भन्दा कम मा कायम रहँदै आएको छ।