महामारी पछि उनको यो‌ पहिलो व्यक्तिगत भ्रमण

मंगलबार विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार क्वाड शिखर सम्मेलन र संयुक्त राष्ट्र संघको ७६ औं सत्रमा भाग लिन प्रधानमन्त्री मोदी अर्को हप्ता अमेरिकाको दुई दिने भ्रमणमा‌ जानुहुने भएको छ। उनी सेप्टेम्बर महिनाको २४ र २५ तारिख मा अमेरिका मा हुनुहुने छ।

विदेश मन्त्रालयका अनुसार सेप्टेम्बर २४ तारिख मा प्रधानमन्त्री मोदी अमेरिकी राष्ट्रपति जोसेफ आर बिडेन, अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन र जापानी प्रधानमन्त्री योशिहिदे सुगा सहित क्वाड शिखर सम्मेलनमा भाग लिन वाशिंगटन डीसी जानुहुनेछ।

मार्च महिनाको १२ तारिख मा क्वाड राष्ट्र बीच पहिलो भर्चुअल शिखर सम्मेलन भएको थियो। यस सम्मेलन मा उक्त सम्मेलन पछि भएको प्रगतिको समीक्षा गरिनेछ तथा साझा चासोका क्षेत्रीय विषयमा छलफल गरिनेछ।

मार्च महिनामा नै क्वाड देशले कोभिड -१९ महामारीलाई नियन्त्रण गर्ने प्रयास स्वरुप क्वाड खोप पहलको घोषणा गरेका थिए। यस सम्मेलन मा यस बारे पनि समीक्षा हुने छ।

यस बाहेक समकालीन वैश्विक मुद्दाहरु जस्तै महत्वपूर्ण र उदीयमान प्रविधि, सम्पर्क र पूर्वाधार, साइबर सुरक्षा, समुद्री सुरक्षा, मानवीय सहायता, आपदा राहत, जलवायु परिवर्तन र शिक्षा जस्ता बिषयमा पनि विचार आदान प्रदान गरिनेछ।

यसका साथै यस शिखर सम्मेलनमा स्वतन्त्र, खुला र समावेशी हिन्द-प्रशान्त क्षेत्र सुनिश्चित गर्ने प्रयास बारे पनि अन्तरक्रिया गरिनेछ।

सेप्टेम्बर २५ तारिख मा, प्रधानमन्त्री मोदीले न्यु योर्कमा संयुक्त राष्ट्र संघको महासभा को ७६औं सत्रको उच्च स्तरीय खण्डको सामान्य बहसलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

यस बर्ष सामान्य बहस को विषय "कोभिड -१९ बाट सम्पूर्ण रुपले उभर्न निर्माण, दिगो पुनर्निर्माण, आवश्यकता को सम्बोधन, नागरिक अधिकारको सम्मान र संयुक्त राष्ट्र को पुनरुत्थान" रहेको छ।