सागर अभियान अन्तर्गत विमान हस्तान्तरण

पोर्ट लुइस स्थित भारतीय उच्चायोगले सोमबार जारी गरेको विज्ञप्ति अनुसार भारतीय नौसेनाले मॉरिशसलाई एक डोरनियर विमान भाँडामा दिएको छ।

उच्च आयोग द्वारा गरिएको एक ट्वीट अनुसार, भारतले हिन्द महासागर क्षेत्र अन्तर्गत का देश को समुद्री सुरक्षा बृद्धि का लागी एक नयाँ डोर्नियर विमान खरीद गर्ने सम्झौता पनि गरेको छ।

सागर अभियान अन्तर्गत विमान हस्तान्तरण गरिएको हो। यो अभियान भारतले सन् २०२० मे महिनाको १० तारिख देखि सुरु गरेको थियो। जसअन्तर्गत हिन्द महासागर क्षेत्रका देशहरुलाई कोभिड १९ राहत र सहयोग पुर्‍याइने गरिन्छ।

कोविड १९ का चुनौती को सामना गर्न यो एक प्रमुख उपलब्धि हो। दक्षिण पूर्व एशिया मा राहत सामग्री आपूर्ति गर्न आईएनएस ऐरावत तैनाथ गरिएको छ।

जारी कार्यक्रम अनुसार कोविड महामारी विरुद्ध लड्न सहयोग पुर्याउन भारतीय नौसेना ले विभिन्न राष्ट्रमा परोपकारी अभियानहरु सञ्चालन गरिरहेको छ।

भारतीय नौसेना को यो अभियान दक्षिण पूर्व एशिया र पूर्वी अफ्रिका सहित हिन्द महासागर को सम्पूर्ण सीमा सम्म फैलिएको छ। कार्यक्रम अन्तर्गत, नौसेनाले कोभिड राहत पहलहरु बाहेक अन्य थुप्रै अभियान पनि संचालन गरेको छ।

यस कार्यक्रम को मददले केन्द्रीय सरकारले अन्य विभिन्न मुलुक सँग सम्बन्ध बलियो बनाएको छ। साथै समुद्री सहयोग र संलग्नता सुधार का लागी प्रयास पनि गरीरहेको छ।

गत वर्ष पनि यस्ता थुप्रै संयुक्त अभियानहरु र प्रशिक्षण सत्रहरु संचालन गरिएको थियो।