यो प्रविधि सरल, छिटो, लागत प्रभावी, बिरामी अनुकूल र आरामदायक भएको मानिन्छ

कोविड -१९ बिरुद्ध भारतको लडाइँमा महत्वपूर्ण योगदान दिदै वैज्ञानिक तथा औद्योगिक अनुसन्धान परिषद (सीएसआईआर) अन्तर्रगत को नागपुर स्थित राष्ट्रिय पर्यावरण ईन्जिनियरिङ् अनुसन्धान संस्थान (नीरी) ले नुनिलो
कुल्ला गर्ने आरटी-पीसीआर प्रविधिको विकास गरेको छ। स्वदेश निर्मित यस प्रविधि मा कोविड १९ नमुना को परीक्षण गरिन्छ।

यो प्रविधि सरल, छिटो, लागत प्रभावी, बिरामी अनुकूल र आरामदायक भएको मानिन्छ। यसले तुरुन्त परीक्षण परिणाम प्रदान गर्दछ र न्यूनतम पूर्वाधार भएको ग्रामीण र आदिवासी क्षेत्रहरु को लागी निकै उपयुक्त मानिएको छ।

नीरी को अनुसार, संस्थान द्वारा विकसित नवाचार समाज को सेवा को लागी र 'राष्ट्र को लागी समर्पित' गरीएको छ।

नागपुर स्थित अनुसन्धान संस्थानका अनुसार यो प्रविधि सूक्ष्म, लघु र मध्यम उद्यम मन्त्रालय (एमएसएमइ) लाई हस्तान्तरण गरिएको छ।

यसबाट निजी, सरकारी र विभिन्न ग्रामीण विकास योजनाहरु र विभागहरु ले यस प्रविधिको प्रयोग गर्न पाउनेछन्। साथै यसबाट यस प्रविधिको व्यावसायिकरण गर्न पनि सहज हुनेछ।

यदि यस प्रविधि ले स्वीकृती पाउने हो भने व्यावसायिक उत्पादन को लागी विनिर्माण सुविधाहरु स्थापित गर्ने अपेक्षा गरिएको छ।

प्रचलित महामारी स्थिति र कोभिड -१९ को सम्भावित तेस्रो लहरको प्रकाशमा सीएसआईआर नीरी ले देशभरि यसको व्यापक प्रसार गर्ने तथा सम्भावित इजाजतपत्र प्राप्तकर्ताहरुलाई निर्माण प्रक्रिया हस्तान्तरण गर्ने योजना बनाएको छ।

सन् २०२१ सेप्टेम्बर महिनाको ११ तारिख मा केन्द्रीय मन्त्री नितिन गडकरीको उपस्थितिमा यस प्रविधिको हस्तान्तरण गरिएको थियो।

यस अवसरमा बोल्दै गडकरीले भन्नुभयो: “देशभरि यस आरटी-पीसीआर विधिको खाँचो छ। तर विशेष गरी ग्रामीण र आदिवासी क्षेत्र मा यस प्रविधिको झन् बढी आवश्यकता छ।"

यो एक नागरिक मैत्री परीक्षण हो जसको मद्दत ले महामारी को बिरुद्ध हाम्रो लडाई बलियो हुनेछ। एमएसएमइ इकाइले सीएसआईआर नीरी द्वारा विकसित यस प्रविधिको व्यावसायीकरण का लागी सीएसआईआर नीरी लाई सम्पर्क गरेको थियो।

नीरी वैज्ञानिक डा. कृष्ण खैरनार र पर्यावरण अनुसन्धान वैज्ञानिक ले यस प्रविधिको विकास गरेका हुन्।