जलवायु परिवर्तन, प्रदूषण, स्वास्थ्य र गरिबी जस्ता चुनौतीहरुलाई सम्बोधन गर्न परिणाममुखी अनुसन्धान गर्नुपर्ने मा जोड

उपराष्ट्रपति एम वेंकैया नायडूले भारतलाई विकसित राष्ट्र बनाउन रक्षा र सुरक्षा मा सक्षम पारिस्थितिकी तंत्र बनाउनु जरुरी रहेको बताएका छन्।

उनले सोमबार बताउनु भए अनुसार विकसित मुलुक निर्माण का निम्ति विज्ञान, प्रविधि र अन्य क्षेत्रहरुमा अत्याधुनिक अनुसन्धान गर्नु जरुरी छ।

पुडुचेरीमा पुडुचेरी प्राविधिक विश्वविद्यालय को उद्घाटन समारोहमा उनले यस्तो उल्लेख गरेका हुन्। यो केन्द्र शासित प्रदेश पुडुचेरी को पहिलो राज्य विश्वविद्यालय हो। जुन सन् १९८६ मा स्थापित पांडिचेरी ईन्जिनियरिङ् कलेज को उन्नयन द्वारा गठन गरीएको थियो।

उपराष्ट्रपति नायडूले शैक्षिक संस्थाहरुलाई जलवायु परिवर्तन, प्रदूषण, स्वास्थ्य र गरिबी जस्ता समकालीन चुनौतिहरुलाई सम्बोधन गर्न नतिजा उन्मुख अनुसन्धानलाई बढावा दिनुपर्ने र यसका लागि उद्योगसँग अन्तरक्रिया बढाउन आग्रह गर्नुभयो।

भारतले उद्यमशीलता र नवीनता को क्षेत्र मा नयाँ उचाइहरु हासिल गर्दैछ भन्ने औंल्याउँदै, उनले भारत संसारको तेस्रो ठूलो स्टार्ट-अप मुलुक बनेको मा खुशी व्यक्त गर्नुभयो।

अन्तरिक्ष क्षेत्र मा नवाचार सँगै निजी कम्पनी ले नँया व्यापार सुरु गर्न थुप्रै अवसर पाएको उनले बताउनुभयो।

उनले उद्योगलाई अगाडि आउन र युवा उद्यमीहरुलाई कोष उपलब्ध गराउन र उनीहरुको उद्यम लाई प्रोत्साहन गर्न आग्रह गर्नुभयो।

उनले भन्नुभयो, " सुधारिएको र शिक्षित उधम ले यस दिशालाई थप मार्गप्रशस्त गर्नेछ।"

उपराष्ट्रपतिले ४५ प्रतिशत नँया व्यापार मा महिला उद्यमी सामेल भएको पनि औंल्याउनुभयो। यस स्वस्थ प्रवृत्तिले अधिक महिलाहरुलाई उद्यमी बन्न प्रेरित गर्ने उनले आशा व्यक्त गर्नुभयो।

महिलालाई समान अवसर प्रदान गर्नुपर्ने आवश्यकतामा जोड दिँदै उनले जात, धर्म र लिंगका नाममा सिर्जना गरिएका कृत्रिम अवरोधहरु अन्त्य गर्न आह्वान गर्नुभयो।

उनले विश्वविद्यालय अधिकारीहरु लाई भन्नुभयो, "एक नयाँ र स्वाभिमानी पुस्ता तयार गर्न हरेक प्रकारका सामाजिक भेदभाव को अन्त्य गरिनुपर्छ।"

उनले शैक्षिक संस्थाहरुलाई विद्यार्थीहरुमा नवाचार, उद्यमशीलता र प्रयोग को भावना जगाउन आग्रह गर्नुभयो।

आफ्नो सम्बोधनको क्रममा उपराष्ट्रपतिले कोभिड १९ महामारीको परीक्षण किट र सस्तो भेन्टिलेटरको साथसाथै आपूर्ति श्रृंखला ब्यवस्थापन र रसदमा तथा जीवन बचाउने यन्त्र को आविष्कार गरेको मा उनले भारतीय नँया व्यवसायी को प्रशंसा गर्नुभयो।