भारतीय नौसेना जहाज तबर र सुडानी जहाज अल्माज र निमेर बीच नौसेना अभ्यासको एक विस्तृत श्रृंखला शुरू

भारतीय नौसेना जहाज (आईएनएस) तबर हाल यूरोप र अफ्रिका मा भ्रमण का लागि तैनाथ छ। सोही क्रममा शनिबार यस जहाज ले सुडानी नौसेना जहाजहरु अल्माज र निमेर संग लाल सागर मा पहिलो समुद्री साझेदारी अभ्यास मा भाग लिएको छ।

भारतीय नौसेनाले ट्वीटरमा सुडान र भारतीय नौसेनाहरु बीचको पहिलो समुद्री साझेदारी अभ्यासको तस्वीर पोस्ट गरेको छ।

"भारतीय नौसेना र सुडानी नौसेना बीच पहिलो साझा सामुद्रिक अभ्यास सुरु। आइएनएस तबर र सुडानी नौसेना जहाज अल्माज र निमेर बीच‌ लाल सागर मा संयुक्त अभ्यास।"

आईएनएस तबर एक लडाकु जहाज हो जुन मम्बई मा आधारित पश्चिमी नौसेना कमाण्ड को हिस्सा रहेको छ।

कप्तान महेश मान्गिपुडी ले यस जहाज को कप्तानी सम्हालेका छन्। उनी अन्तर्गत ३ सय कर्मचारी कार्यरत छन्। यस जहाज मा अत्याधुनिक प्रविधिको हातहतियार, सेन्सर जडान गरिएका छन्।

विदेशी अभ्यास मा भारतीय नौसेना जहाजको तैनाथी वृद्धि गर्न का निम्ति आईएनएस तबर हाल सुडानी नौसेना जहाज सँग संयुक्त अभ्यास मा संलग्न भएको हो।

आईएनएस तबर मित्र नौसेनाहरु संग संयुक्त अभ्यास मा भाग लिन र नौसेना संलग्नता को माध्यम बाट सैन्य सहयोग बढाउन अफ्रिका र यूरोप भर चार महिनाका लागि तैनाथ गरिएको छ।

यसै क्रममा, भारतीय नौसेना जहाज ले मिस्र, इटाली, स्पेन, नर्वे, स्वीडेन र फ्रान्स जस्ता देशका नौसेनाहरु संग संयुक्त अभ्यास मा भाग लिइसकेको छ।

गत साता आईएनएस तबरले भूमध्य सागरमा इजिप्टको नौसेना जहाज सँग समुद्री साझेदारी अभ्यास गरेको थियो।

दुई नौसेनाहरु बिच अन्तरसम्पर्क क्षमता बृद्धि गर्न र भविष्य मा समुद्री खतराहरु को बिरुद्ध संयुक्त कारबाही संचालन गर्न का लागि यो अभ्यास को आयोजना गरिएको थियो।