२+२ बैठकमा भारतद्वारा आफ्नो बढ्दो रक्षा उद्योगमा अस्ट्रेलियालाई लगानी गर्न निमन्त्रणा

शनिबार आयोजित पहिलो २+२ मन्त्रीस्तरीय वार्तामा भारत र अस्ट्रेलियाले अफगानिस्तान, हिन्द- प्रशान्त क्षेत्रमा समुद्री सुरक्षा, बहुपक्षीय ढाँचामा सहयोग र अन्य सम्बन्धित बिषयमा विचार आदान प्रदान गरेका थिए।

भारतीय रक्षा मन्त्री राजनाथ सिंहका अनुसार दुबै पक्षले द्विपक्षीय रक्षा सहयोग, सैन्य संलग्नता विस्तार, दिगो र बलियो रक्षा जानकारी आदान प्रदान र पारस्परिक रसद समर्थन‌मा काम गर्ने निर्णय गरेका छन्।

वार्ता पछि जारी एक बयान मा सिंहले भारतले अस्ट्रेलियालाई देशको बढ्दो रक्षा उद्योगमा संलग्न हुन र रक्षा उपकरणको सह-उत्पादन र सह-विकासमा सहयोग गर्न आमन्त्रित गरेको बताएका छन्।

रक्षा मन्त्री सिंहले मन्त्री पेने र मन्त्री डटन संग द्विपक्षीय र क्षेत्रीय मुद्दाहरुमा गहिरो र व्यापक छलफल भएको पनि बताएका छन्।

सिंहले भन्नुभयो, "हामीले रक्षा सहयोग र विश्वव्यापी महामारी बिरुद्ध लड्न व्यापक सहयोग का लागी विभिन्न संस्थागत ढाँचाहरुमा छलफल गरेका छौं। हामीले अफगानिस्तान, हिन्द प्रशान्त क्षेत्रमा सामुद्रिक सुरक्षा, बहुपक्षीय ढाँचामा सहयोग र अन्य सम्बन्धित बिषयहरुमा विचार आदान प्रदान गरेका छौं।"

रक्षा मन्त्री सिंहका अनुसार यस २+२ संवाद ले भारत र अष्ट्रेलिया बीच व्यापक रणनीतिक साझेदारी वृद्धि गरेको छ।

"भारत र अष्ट्रेलिया एक महत्वपूर्ण साझेदारी साझा गर्दछन्। जुन स्वतन्त्र, खुला, समावेशी र समृद्ध हिन्द-प्रशान्त क्षेत्र को साझा दृष्टिकोण मा आधारित छ। दुई लोकतान्त्रिक मुलुक को रूपमा हामी सम्पूर्ण क्षेत्र मा शान्ति र समृद्धि चाहन्छौं।"

छलफलका क्रममा दुवै पक्ष व्यापारमा स्वतन्त्र प्रवाह, अन्तर्राष्ट्रिय नियम र मापदण्डको पालना र सम्पूर्ण क्षेत्रको दिगो आर्थिक बृद्धि सुनिश्चित गर्नुपर्ने मा पनि सहमत भएका छन्।