गत २४ घण्टामा २८ हजार ५ सय ९१ जना नँया संक्रमित विरामी थपिए

गत २४ घण्टामा भारतमा ७२ लाख ८६ हजार ८ सय ८३ खोप खुराक प्रदान गरिएको छ। यसका साथै भारतमा हालसम्म ७३ करोड ८० लाख भन्दा बढी खोप खुराक प्रदान गरिएको छ।

आइतबार बिहान ७ बजेसम्म को अस्थायी प्रतिवेदन अनुसार ७५ लाख २५ हजार ७ सय ६६ सत्र मार्फत ७३ करोड ८२ लाख ७ हजार ३ सय ७८ खोप खुराक प्रदान गरिएको छ।

यसका साथै राज्य सरकार र केन्द्र शासित प्रदेश को संयुक्त प्रयासको नतिजा अनुसार लगातार ७७ दिन भारतमा ५० हजार भन्दा कम नयाँ संक्रमित विरामी थपिएका छन्।

गत २४ घण्टामा २८ हजार ५ सय ९१ जना नँया संक्रमित विरामी थपिएका छन्।

त्यस्तै गत २४ घण्टामा ३४ हजार ८ सय ४८ जना निको भएका छन्। जसका कारण हालसम्म ३ करोड २४ लाख ९ हजार ३ सय ४५ जना विरामी निको भइसकेका छन्।

यसका साथै भारतको संक्रमण मुक्त दर ९७.५१ प्रतिशत पुगेको छ।

देशको सक्रिय संक्रमित संख्या हाल ३ लाख ८४ हजार ९२ पुगेको छ। हाल सो संख्या देशको कुल सकारात्मक संख्या को १.१६ प्रतिशत हो।

गत २४ घण्टामा १५ लाख ३० हजार १ सय २५ वटा नमुना परीक्षण गरिएको छ।

हालसम्म देशमा ५४ करोड १८ लाख ५ हजार ८ सय २९ वटा नमुना परीक्षण भइसकेको छ।

यसका साथै देशको साप्ताहिक सकारात्मकता दर मा पनि कमी आउँदै गएको छ। हाल साप्ताहिक सकारात्मकता दर २.१७ प्रतिशत पुगेको छ। लगातार ७९ दिन यो दर ३ प्रतिशत भन्दा कम मा कायम रहँदै आएको छ।

दैनिक सकारात्मक दर १.८७ प्रतिशत पुगेको छ। लगातार ९६ दिन सो दर ५ प्रतिशत भन्दा कम मा कायम रहँदै आएको छ।