कोविन सँग आवद्ध संस्थाले अब कुनै व्यक्ति ले खोप लाएको वा नलाएको जानकारी सहजै प्राप्त गर्न सक्ने

कोविन सँग आवद्ध संस्थाले अब कुनै व्यक्ति ले खोप लाएको वा नलाएको जानकारी सहजै प्राप्त गर्न सक्ने भएका छन्। कोविन मञ्च ले एक नँया एपीआई को सुरुवात गरेको छ जसलाई केवाइसी-भिएस सेवा भनिन्छ। अर्थात् संस्था बाट सेवा खोज्न आएका ग्राहकको खोप स्थिति‌ बारे जानकारी प्राप्त गर्ने सेवा।

कोविन ले पहिले देखि नै खोप लगाएको प्रमाणित गर्न प्रमाणपत्र जारी गर्दै आएको छ। अब यस नँया एपीआई को मद्दतले संस्था बाट सेवा खोज्न आएका ग्राहकको खोप स्थिति‌ बारे जानकारी प्राप्त गर्न सकिन्छ।

शुक्रवार यस नयाँ सुविधा बारे घोषणा गर्दै केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले यसले कसरी काम गर्दछ भनेर जानकारी दिएको छ।

सुरक्षा स्थिति बनाउँदै अब बिस्तारै सामाजिक-आर्थिक गतिविधिहरु बढ्दै गएको छ। यस क्रममा कुनै पनि संस्था मा व्यक्ति कर्मचारी, यात्रु को रूप मा वासिन्दा को रुपमा सेवा लिन आउन सक्छन्। यस्तो स्थितिमा अब सेवा प्रदायक संस्था ले सो व्यक्तिले खोप लाएको वा नलाएको सहजै जानकारी प्राप्त गर्न सक्नेछन्।

कोविन को नँया सेवा ले यसरी काम गर्दछ।

यो एपीआई को उपयोग गर्न को लागी व्यक्तिले आफ्नो मोबाइल नम्बर र नाम भर्नु पर्दछ। त्यस पछि, उनीहरु एक ओटिपी प्राप्त गर्दछन् जुन उनीहरुले प्रविष्ट गर्नु पर्छ। कोविन ले सेवा प्रदायक संस्था लाई एक व्यक्तिको खोप स्थिति बारे जान्न एक एक प्रतिक्रिया पठाउनेछ, जो निम्नानुसार हुनेछ:

० - व्यक्तिले खोप लगाएको छैन

१ - व्यक्ति लेआंशिक रूपमा खोप लगाएको छ

२ - व्यक्तिले पूर्ण रुपमा खोप लगाएको छ

यस प्रतिक्रियामा डिजिटल हस्ताक्षर गरिनेछ र प्रमाणित इकाई संग तुरुन्तै साझा गर्न सकिने छ।

उदाहरण को लागि जब एक रेल टिकट बुकिंग को लागि जान्छ तब उसले टिकट किन्न को लागी आवश्यक जानकारी प्रदान गर्दछ। आवश्यक परेमा सम्बन्धित निकायले सो व्यक्ति को मन्जुरी मा उसको खोप स्थिति बारे पनि जानकारी लिन सक्दछ।

केवाइसी-भिएस सेवा ले यस्ता थुप्रै सुविधा प्रदान गर्दछ।

कोविन ले पहिले देखि नै खोप लगाएको प्रमाणित गर्न प्रमाणपत्र जारी गर्दै आएको छ जुन आफ्नो डिजिटल उपकरण (स्मार्टफोन, ट्याब्लेट, ल्यापटप आदि) मा सुरक्षित गर्न सकिन्छ वा डिजी लकर मा राख्न सकिन्छ। खोप लगाएको प्रमाण पेश गर्नु पर्दा सजिलै यो जानकारी साझा गर्न सकिन्छ।

त्यस्तै गरी मल कार्यालय परिसर, सार्वजनिक स्थानमा खोप प्रमाण बुझाउनु परेमा दुबै डिजिटल र भौतिक रूप मा जानकारी पेश गर्न सकिन्छ।

स्वास्थ्य मन्त्रालय का अनुसार कुनै ठाउँ मा प्रमाणपत्र पेश नगर्नु पर्ने पनि हुनसक्छ। कुनै ठाउँ ले खाली व्यक्ति ले खोप लगाएको वा नलगाएको जानकारी मात्र लिन चाहन्छ। त्यस्तो बेला यस नँया सेवा काम मा आउँदछ।

यसका सम्भावित उपयोग यस प्रकार का छन्:

* एक उद्यम/रोजगारदाता कार्यालयहरु, कार्यस्थलहरु आदि ले कार्य सुचारु अघि आफ्ना कर्मचारीहरु को खोप स्थिति बारे जान्न सकिन्छ।

* आफ्नो स्थान आरक्षित गरेका रेलवे यात्रुहरु बारे रेलवे ले खोप स्थिति जान्न चाहन्छ।

* त्यस्तै कुनै पनि विमान सेवा प्रदायक संस्था ले आफ्नो स्थान सुरक्षित गरेका ग्राहकका खोप स्थिति बारे जान्न चाहन्छ। विमानस्थल ले पनि केवल खोप लगाएका यात्रुलाई मात्र प्रवेश दिन चाहन्छ।

* होटेलहरु मा कोठा सुरक्षित गरेका ग्राहक का खोप स्थिति बारे जान्न सकिन्छ

यस्तो स्थितिमा कोविन को नँया सेवा काम मा आउँदछ।

स्वास्थ्य मन्त्रालय को अनुसार, यो नँया सेवा दुबै सहमति आधारित र गोपनीयता संरक्षित हुन्छन्।

छिटो र सहज ढंगले सेवा प्रदान गर्न का निम्ति कोविनले एपीआई को साथ एक वेबसाइट बनाएको छ। यो वेबसाइट कुनै पनि समयमा कुनै पनि प्रणाली मा खोल्न सकिन्छ।

स्वास्थ्य मन्त्रालय का अनुसार कुनै पनि निजी वा सार्वजनिक सेवा प्रदायक जसका लागि व्यक्ति को खोप स्थिति बारे जान्न जरुरी हुन्छ, त्यस्ता सेवा प्रदायक ले यस सेवा बाट लाभ उठाउन सक्छन्।