भारतमा हालसम्म ७२ करोड ३७ लाख भन्दा बढी खोप प्रदान

गत २४ घण्टामा भारतमा ६७ लाख ५८ हजार ४ सय ९१ खोप खुराक प्रदान गरिएको छ। यसका साथै भारतमा हालसम्म ७२ करोड ३७ लाख ८४ हजार ५ सय ८६ खोप प्रदान गरिएको छ।

यसका साथै राज्य सरकार र केन्द्र शासित प्रदेश को संयुक्त प्रयासको नतिजा अनुसार लगातार ७५ दिन भारतमा ५० हजार भन्दा कम नयाँ संक्रमित विरामी थपिएका छन्।

गत २४ घण्टामा ३४ हजार ९ सय ७३ जना नँया संक्रमित विरामी थपिएका छन्।

त्यस्तै गत २४ घण्टामा ३७ हजार ६ सय ८१ जना निको भएका छन्। जसका कारण हालसम्म ३ करोड २३ लाख ४२ हजार २ सय ९९ जना विरामी निको भइसकेका छन्।

यसका साथै भारतको संक्रमण मुक्त दर ९७.४९ प्रतिशत पुगेको छ।

देशको सक्रिय संक्रमित संख्या हाल ३ लाख ९० हजार ६ सय ४६ पुगेको छ। हाल सो संख्या देशको कुल सकारात्मक संख्या को १.१८ प्रतिशत हो।

गत २४ घण्टामा १७ लाख ८७ हजार ६ सय ११ वटा नमुना परीक्षण गरिएको छ।

हालसम्म देशमा ५३ करोड ८६ लाख ४ हजार ८ सय ५४ वटा नमुना परीक्षण भइसकेको छ।

यसका साथै देशको साप्ताहिक सकारात्मकता दर मा पनि कमी आउँदै गएको छ। हाल साप्ताहिक सकारात्मकता दर २.३१ प्रतिशत पुगेको छ। लगातार ७७ दिन यो दर ३ प्रतिशत भन्दा कम मा कायम रहँदै आएको छ।

दैनिक सकारात्मक दर १.९६ प्रतिशत पुगेको छ। लगातार ९५ दिन सो दर ५ प्रतिशत भन्दा कम मा कायम रहँदै आएको छ।