हालका समयमा उपलब्ध कोविड खोप ले ९० देखि ९५ प्रतिशत सम्म गम्भीर रोग र मृत्यु बाट बचाउन सक्दछ: एनके अरोडा

भारतको कोभिड -१९ खोपको राष्ट्रिय प्राविधिक सल्लाहकार समूह (एनटीएजीआई) का कार्यकारी समूहका अध्यक्ष एन के अरोराले चाँडबाँडको बेला कोविड उपयुक्त व्यवहार पालना गर्नु अत्यन्त आवश्यक रहेको बताएका छन्।‌

भारतको कोभिड -१९ खोप अभियान का बारे डीडी समाचार सँग कुरा गर्दै अरोराले यदि त्यसो नगरेमा देशलाई भारी नोक्सान हुने पनि चेतावनी दिएका छन्।

हालका समयमा उपलब्ध कोविड खोप ले ९० देखि ९५ प्रतिशत सम्म गम्भीर रोग र मृत्यु बाट बचाउन सक्ने पनि उनले बताएका छन्।

प्रेस सूचना ब्यूरो (पीआईबी) ले बिहीबार साक्षात्कारको विवरण साझा गरेको छ। विवरण यस प्रकारको रहेको छ:

के भारत मा कोविड १९ को तेस्रो लहरको सम्भावना छ?

भारत मा हाल दैनिक रुपमा ३० हजार देखि ४५ हजार सम्म नँया संक्रमित विरामी देखिएका हुन्छन्। विशेष गरेर केरला, उत्तर पूर्वी राज्यहरु र महाराष्ट्र का केहि जिल्लाहरु र केहि अन्य दक्षिणी राज्यहरु मा उच्च संक्रमण देखिएको छ।

यदि हामीले जून, जुलाई र अगस्ट को बेला देखिएको सार्स-कोभ-२ भाइरस को अध्ययन गर्ने हो भने यस भाइरसको कुनै नँया रुप हाल देखिएको छैन। जुलाई महिनामा गरिएको सर्वेक्षण को आधारमा खोप नलगाएका व्यक्ति बढी संक्रमित भएका छन्।

जुलाई महिनाको सर्वेक्षण अनुसार ६६ देखि ७० प्रतिशत मानिसहरु संक्रमित भएको पाईयो; यसको मतलब ३० प्रतिशत मानिसहरु अझै संक्रमण को जोखिममा छन्; र उनीहरुले अझै खोप लगाएका छैनन् भने उनीहरु कुनै पनि समय संक्रमित हुन सक्छन्।

३० प्रतिशत मानिस् अझै संक्रमित हुने खतरा रहेको ले हामीले कुनै प्रकारको बेवास्ता गर्नु हुँदैन। यदि त्यसो भएमा अप्रिल र मे २०२१ मा देखिए जस्तो धेरै गम्भीर रोगबाट ग्रसित हुनसक्छन्।

तसर्थ चाँडबाँडको बेला कोविड उपयुक्त व्यवहार पालना गर्नु अत्यन्त आवश्यक छ। यस समय को आसपास नँया भेरिएन्ट देखिन सक्छ र भारतमा तेस्रो लहरको आगमन को लागी एक कारण हुन सक्छ।

डेल्टा भ्यारिएन्ट बिरुद्ध हाम्रो कोविड खोप कत्तिको प्रभावकारी छ? तेस्रो लहर रोक्न हामीले के गर्नुपर्छ?

कोभिड भ्याक्सिनको प्रभावकारिता निम्न तरीकाले व्याख्या गर्न सकिन्छ:

* संक्रमण को रोकथाम र यस प्रकार भाइरस को प्रसार रोक्न प्रभावकारी
* लक्षण र रोग को रोकथाम गर्न प्रभावकारी
* गम्भीर रोग वा मृत्यु बाट बचाउन को लागी प्रभावकारी

हाल उपलब्ध खोपले ६० देखि ९० प्रतिशत लक्षण ठिक गर्म सक्दछन्।

धेरै जसो खोपहरु ले पूर्ण रुपमा कोभिड संक्रमण रोकथाम गर्न सक्दैन। त्यसकारण खोप लगाएको व्यक्ति पनि पुनः सङ्क्रमित हुनसक्दछ। त्ससैले उचित कोभिड उपयुक्त व्यवहार पालना गर्नु अत्यन्त आवश्यक छ।

कोभिड -१९ खोपले गम्भीर रोग, अस्पताल भर्ना र मृत्यु को जोखिम घटाउँदछ।

हाल भारत र अन्यत्र उपलब्ध सबै खोपहरु ले ९० देखि ९५ प्रतिशत सम्म गम्भीर रोग र मृत्यु बाट बचाउन सक्दछ। यसले डेल्टा भाइरस बाट पनि बचाउँछ। हाल भारतमा प्रायः सबै संक्रमण यसै भाइरस बाट भइरहेको छ।

यदि कोहि कोभिड १९ बाट संक्रमित भएको थियो र अब उसको शरीरमा कोभिड बिरुद्ध एन्टिबडीहरु पैदा भएका छन् भने तब उसले कोभिड -१९ बाट संक्रमित कसैलाई रगत वा प्लाज्मा दान गर्न सक्छ?

आईसीएमआर अन्तर्गत हाम्रो देश मा गरिएको उच्च गुणस्तरीय अनुसन्धान अनुसार प्लाज्मा थेरापी धेरै जसो बिरामीहरु का लागी उपयोगी नभएको पाइएको छ। अरु देशमा गरिएको अनुसन्धानले पनि यही देखाएको छ। त्यसकारण आईसीएमआर ले प्लाज्मा थेरापी उपचार विधि खारेज गरेको छ।

यदि कोहि संक्रमित छ भने, उनको शरीर मा एंटीबॉडी को उत्पादन हुनेछ। एन्टिबडीहरु मापन योग्य छन् र यो प्रतिरक्षा को एक रूप हो। कोषिका आधारित प्रतिरक्षा लाई अदृश्य प्रतिरक्षा को रूप मा चिनिन्छ र एंटीबॉडी को रूप मा महत्वपूर्ण पनि भनिन्छ। यी प्रतिरक्षा घटकहरुले रोग र गम्भीरता को रोकथाम गर्दछ।

भर्खरै एक एन्टिबडी मिश्रण बजार मा पेश गरीएको थियो, तर त्यसले धेरै लाभ देखाउन सकेन। यो एंटीबॉडी मिश्रण पनि प्लाज्मा थेरापी को सिद्धान्त मा आधारित थियो। यदि प्लाज्मा वा एन्टिबडी बिरामीलाई पहिलो हप्ता वा संक्रमण को प्रारम्भिक समय मा दिईन्छ भने मात्र केहि लाभ हुन सक्छ।

भर्खरै प्रकाशित एक अध्ययन अनुसार यदि कसैलाई प्राकृतिक रुपले कोविड संक्रमण भएर निको भएमा त्यस व्यक्तिमा लामो समयका लागि प्रतिरक्षा विकास हुनेछ। र त्यस व्यक्तिले खोप लगाएमा उनको प्रतिरक्षा झन् बलियो हुनेछ।

के हाम्रो जनता को लागी खोप को थप खुराक आवश्यक छ?

पश्चिमी देशहरुमा लिईएको निर्णय को आधार मा यो निर्णय लिनसकिंदैन।

देश का विभिन्न भागहरु मा गरीएको अध्ययन मा आधारित स्थानीय प्रमाण ले हाम्रा जनताको आवश्यकता निर्धारित गर्दछ। यदि ७० देखि ८० प्रतिशत जनता संक्रमित भएमा यसबारे विचार गरिनेछ।

सबै भन्दा राम्रो उपलब्ध वैज्ञानिक प्रमाण को आधार मा यो निर्णय गरिनेछ।

के खोप को प्रभावकारिता र मानिसको शारिरिक प्रतिक्रिया लाई एकै रुपमा हेरिनु पर्दछ या फरक ढंगले हेरिनु पर्दछ? के संक्रमण एक व्यक्तिको शारीरिक प्रतिक्रिया मा निर्भर गर्दछ वा खोप को प्रभावकारिता सबैको लागी समान छ?

यी पक्षहरु एक एकीकृत ढंग मा अवलोकन गर्नुपर्छ। कोभिड -१९ खोप लगायत कुनैपनि खोप प्रति युवा व्यक्तिहरुको प्रतिक्रिया सबैभन्दा बलियो हुन्छ र खोपहरुले अधिकतम प्रभावकारिता देखाउँछन्। बढ्दो उमेर र सह-रोगहरु को कारण खोप को प्रभावकारिता कम हुन सक्छ। यस कारण प्रारम्भिक परीक्षणहरुमा ६० बर्ष भन्दा माथिका सामेल गरिएका हुन्।

कोभिड -१९ खोप सबै मा लगभग बराबर काम गर्दछ। रोगको गम्भीरता र बुढेसकाल मा मृत्यु दर बढी हुने गर्दछ। यसैका आधारमा खोप प्राथमिकता सूची बनाइएको छ।

क्यान्सर, स्टेरॉयड प्रयोग जस्ता कारक तत्व ले शरीर को प्रतिरक्षा प्रणाली लाई प्रभावित गर्दछ।त्यस्ता व्यक्तिहरुमा खोप को सुरक्षात्मक प्रतिक्रिया अपर्याप्त हुन सक्छ र खोप को थय खुराक को आवश्यकता हुन सक्छ। एनटीएजीआई ले यस बारे निर्णय लिनेछ।