नामांकन दर्ता गर्ने अन्तिम मिति सेप्टेम्बर २२ र नामांकन फिर्ता लिने अन्तिम मिति सेप्टेम्बर २७ तारिख

बिहिबार भारतीय निर्वाचन आयोगले घोषणा गरेअनुसार राज्यसभाको ७ स्थानका लागि अक्टोबर महिनाको ४ तारिख मा उपनिर्वाचन हुनेछ।

हाल यस अन्तर्गत ६ वटा स्थान रिक्त छन् भने यसै अक्टोबर महिनामा एक सदस्य सेवानिवृत्त पाउने भएकाले एक स्थान रिक्त हुनेछ।

रिक्त भएका ६ वटा स्थान यस प्रकारका छन्:

पश्चिम बंगाल - मानस रंजन भुनिया (राजीनामा)

असम - विश्वजीत दैमारी (राजीनामा)

तमिलनाडु - केपी मुनुस्वामी र बी वैतरिकिंगम (राजीनामा)

महाराष्ट्र - राजीव शंकरराव सातव (मृत्यु)

मध्य प्रदेश - थावरचंद गहलोत (राजीनामा)

यस रिक्त स्थान पूर्ति का निम्ति आयोगले उपनिर्वाचन गराउने घोषणा गरेको हो।

यसै अक्टोबर महिनाको ६ तारिख मा केन्द्र शासित प्रदेश पुडुचेरीबाट निर्वाचित राज्य परिषद्का एक सदस्य एन गोकुलाकृष्णन सेवानिवृत्ति प्राप्त गर्दैछन्।

तसर्थ पुडुचेरी राज्य परिषद को रिक्त स्थान भर्न का निम्ति पनि उपचुनाव हुन लागेको हो।

निर्वाचन तालिका अनुसार नामांकन दर्ता गर्ने अन्तिम मिति सेप्टेम्बर २२ र नामांकन फिर्ता लिने अन्तिम मिति सेप्टेम्बर २७ तारिख रहनेछ।

अक्टोबर ४ तारिख मै मतदान र गणना गरिनेछ।

सम्पूर्ण चुनाव प्रक्रिया को क्रममा कोभिड उपयुक्त व्यवहार पालना गर्नुपर्ने हुन्छ।