उपराष्ट्रपति नायडूद्वारा देशमा विशेष गरी ग्रामीण क्षेत्रमा अत्याधुनिक स्वास्थ्य पूर्वाधार निर्माण गरिनुपर्ने मा जोड

प्रायः चिकित्सकहरु शहरी क्षेत्रमा काम गर्न रुचाउँछन्। यसै सन्दर्भमा उपराष्ट्रपति एम वेंकैया नायडूले सरकारी क्षेत्रका चिकित्सकहरुले पदोन्नति प्राप्त गर्नु अघि अनिवार्य रुपमा ग्रामीण क्षेत्रमा सेवा प्रदान गर्नुपर्ने बताएका छन्।

आइतबार ११ औँ वार्षिक चिकित्सा शिक्षक दिवस पुरस्कार समारोहमा बोल्दै उपराष्ट्रपतिले देशका ६० प्रतिशत जनसंख्या गाउँमा बस्ने हुनाले युवा डाक्टरहरुले ग्रामीण क्षेत्रमा तीन देखि पाँच बर्ष का लागि आफ्नो सेवा प्रदान गर्नुपर्ने बताउनुभयो।

चिकित्सा पेशालाई एक महान पेशाको रूपमा वर्णन गर्दै उनले डाक्टरहरुलाई जोशका साथ राष्ट्रको सेवा गर्न सल्लाह दिनुभयो।

उनीहरुका सबै कार्य मानवता को लागी हुनुपर्ने बताउँदै उनले भन्नुभयो, " दुविधा मा हुँदा सधैं उच्चतम स्तरको नैतिकताको पालना गर्नुहोस्। निस्वार्थ समर्पण को भावनाले सेवा गर्नुहोस् र असीमित र वास्तविक खुशी प्राप्त गर्नुहोस्।"

देश भर मा विशेष गरी ग्रामीण क्षेत्रहरुमा अत्याधुनिक स्वास्थ्य पूर्वाधार बनाउन आव्हान गर्दै उपराष्ट्रपतिले कोविड १९ महामारीले राम्रो स्वास्थ्य पूर्वाधारको आवश्यकतालाई जोड दिएको र राज्य सरकारहरुलाई यसमा विशेष ध्यान दिन सल्लाह दिनुभयो।

उपराष्ट्रपतिले देशमा चिकित्सक र बिरामी अनुपातमा खाडल कम गर्ने सरकारको प्रयासको उल्लेख गर्दै चिकित्सा अध्ययन संस्थानहरुको संख्या बढाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो।

डब्ल्यूएचओ ले दिएको डाक्टर-बिरामी अनुपात मापदण्ड १: १००० जो भने भारतमा १:१४५६ रहेको छ।‌

प्रत्येक जिल्लामा कम्तीमा एउटा चिकित्सा अध्ययन संस्थानको स्थापना गर्ने सरकारको योजनाको प्रशंसा गर्दै उनले ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा काम गर्ने चिकित्सक को संख्या धेरै भएको उल्लेख गर्नुभयो।

चिकित्सा शिक्षा र उपचार दुबै किफायती र आम मानिसको पहुँच भित्र हुनु पर्ने मा‌पनि उनले जोड दिनुभयो। पर्याप्त बजेट प्रदान गरेर शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता‌ दिनुपर्ने वहाँ को भनाई थियो।

परिवर्तनशील प्राविधिक विश्वमा हाल का चिकित्सकीय उत्पादन नवीनतम निदान र उपचार प्रणाली सँग परिचित हुनुपर्ने उनले बताउनुभयो। " हाल को यस महामारीको समयमा यो झन् महत्वपूर्ण भएको छ। कोरोना भाइरस एक नँया भाइरस हो जसको बारे वैज्ञानिकहरु देखि चिकित्सक सम्म अध्ययन गरिरहेका छन्।"

चिकित्साशास्त्र का बिधार्थी ले उच्च नैतिक आचरण सिक्नु अनिवार्य छ। उनले सही कारण, पेशा र विरामी का हित को रक्षा गर्न सबै विधार्थी लाई आग्रह गर्नुभयो।

नायडूले स्नातकोत्तर चिकित्सा शिक्षा प्रदान गर्न सरकारसँग साझेदारी गरेका भारतका धेरै अग्रणी अस्पताल र चिकित्सा संस्थाहरुको सर्वोच्च संगठन नेशनल बोर्ड मान्यता प्राप्त संस्थाहरु ए को प्रशंसा गर्नुभयो।

उपराष्ट्रपतिले पूर्व राष्ट्रपति र राजनेता-दार्शनिक स्वर्गीय सर्वपल्ली राधाकृष्णनलाई सेप्टेम्बर ५ तारिख मा उनको जन्मजयन्तीमा श्रद्धांजलि अर्पण गर्नुभयो।

उनले प्रसिद्ध हृदय रोग विशेषज्ञ र पब्लिक हेल्थ फाउन्डेशन अफ इंडियाका अध्यक्ष, डा. के. श्री नाथ रेड्डी र डा. देवी शक्ति सहित अन्यलाई आजीवन उपलब्धि पुरस्कार प्रदान गर्नुभयो।‌