राष्ट्रपति रामनाथ कोविन्दद्वारा सन् १९७१ मा बंगलादेशको स्वतन्त्रता संघर्ष का क्रममा आईएनएस विक्रान्त ले दिएको गौरवशाली योगदानको स्मरण

सोमबार राष्ट्रपति रामनाथ कोविन्द ले भारतीय नौसेना उड्डयनलाई राष्ट्रपति रंगद्वारा सम्मानित गरेका छन्।

शान्ति र युद्ध दुबै का लागि प्रदान गरेको असाधारण सेवाका लागि दिइने यो सबैभन्दा ठूलो सम्मान हो।

गोवा मा आईएनएस हंस मा आयोजित एक समारोहमा राष्ट्रपति रंग प्रदान गरिएको थियो। यस अवसरमा १ सय ५० पुरुष गार्ड अफ अनर ले राष्ट्रपति समक्ष एक औपचारिक परेड प्रस्तुत गरेका थिए।

रक्षा मन्त्रालयका अनुसार राष्ट्र को सेवा मा आफ्नो विशिष्ट योगदान का लागि तथा उच्च व्यावसायिक मापदण्ड र नौसेना उड्डयन को तारकीय संचालन प्रदर्शन का‌ लागि राष्ट्रपति रंग पुरस्कार प्रदान गरिएको हो।

विगत सात दशक देखि नौसेना उड्डयनले राष्ट्रका लागि उल्लेखनीय र अभुतपुर्व सेवा प्रदान गर्दै आएको छ।

आफ्नो सम्बोधनको क्रममा राष्ट्रपति कोविन्दले सन् १९७१ मा बंगलादेशको स्वतन्त्रता संघर्ष का क्रममा आईएनएस विक्रान्त ले दिएको गौरवशाली योगदानको स्मरण गर्नुभएको थियो।

यी भारतीय नौसेना विमानले शान्ति स्थापना र मानवीय सहायता र आपदा राहत (एचएडीआर) मा अग्रणी भूमिका निर्वाह गरिरहेको छ। यस विमान ले भारतीयहरुलाई मात्र नभई मैत्री विदेशी राष्ट्रहरुलाई पनि राहत प्रदान गर्दछ।

सरकारको आत्मनिर्भर भारत दर्शनलाई ध्यानमा राखी भारतीय नौसेनाले स्वदेशीकरणका लागि हर सम्भव प्रयास गरेका छन् जसका लागि राष्ट्रपति कोविन्दले तिनको प्रशंसा गर्नुभएको छ।

उनले उड्डयन प्रविधि मा भएको महत्वपूर्ण प्रगति, अत्याधुनिक स्वदेशी हतियार, सेन्सर र नौसेना विमानका लागि तथ्यांक को सुविधा को पनि उल्लेख गर्नुभयो।

सन् १९५१ मे महिनाको २७ तारिख मा पहिलोपटक भारतीय नौसेना ले राष्ट्रपति रंग प्राप्त गरेका थिए। त्यतिबेला भारत का तत्कालीन राष्ट्रपति डा राजेन्द्र प्रसाद ले यो पुरस्कार प्रदान गर्नुभएको थियो।

त्यसपछि दक्षिणी नौसेना कमान, पूर्वी नौसेना कमान, पश्चिमी नौसेना कमान, पूर्वी बेडा, पश्चिमी बेडा, पनडुब्बी हतियार, आईएनएस शिवाजी र भारतीय नौसेना एकेडेमी ले यो पुरस्कार प्राप्त गरेका छन्।

सन् १९५१ जनवरी महिनाको १३ तारिख मा नौसेना उड्डयनले पहिलो सामुद्रिक र भूमि विमान प्राप्त गरेका थिए। सन् १९५३ मे महिनाको ११ तारिख मा कोची मा आईएनएस गरुड संचालन मा ल्याइएको थियो।

हाल भारतीय नौसेना उड्डयन सँग नौ वटा हवाइ अड्डा, र अण्डमान र निकोबार सहित तीन नौसेना हवाइ क्षेत्र रहेका छन्।

विगत सात दशक मा भारतीय नौसेना उड्डयन एक अत्याधुनिक, प्रविधि उन्नत र अत्यन्त शक्तिशाली सेना मा परिणत भएको छ।

यस उड्डयन सँग २ सय ५९ भन्दा बढी समुद्री टोही विमान, हेलिकप्टर र टाढा बाट उडाउन मिल्ने जहाज रहेको छ। आज यस उड्डयन ले सम्पूर्ण सैन्य अभियान संचालन गर्न सक्दछ।

सैन्य, कुटनीतिक, सैनिक र अन्य पक्ष मा योगदान दिने भारतीय नौसेना उड्डयन भारतीय सेनाको महत्वपूर्ण अंग बनेको छ।