एसुइनडेक्स को यस संस्करणमा जटिल सतह, उप सतह र हवाई संचालन सामेल गरिएका छन्

सेप्टेम्बर महिनाको ६ देखि १० तारिख सम्म भारत र अष्ट्रेलिया का नौसेना एसुइनडेक्स समुद्री अभ्यास को चौथो संस्करण मा भाग लिनेभएका छन्। यस अभ्यास ले दुवै देशका नौसेना लाई अन्तर-संचालनलाई बढावा दिन, उत्तम अभ्यासहरु बाट लाभ उठाउन र समुद्री सुरक्षा संचालन को लागी प्रक्रियाहरु को एक सामान्य समझ को विकास को अवसर प्रदान गर्नेछ।

रक्षा मन्त्रालय को एक बयान अनुसार हिन्द-प्रशान्त क्षेत्र मा संचालित विदेशी अभ्यास अन्तर्गत भारतीय नौसेना जहाज शिवालिक र कदमत शाही अष्ट्रेलियाली नौसेना अनजक क्लास फ्रिगेट, एचएमएस वाररामुंगा सँग संयुक्त रुपमा अभ्यास मा भाग लिनेछन्।‌‌

यस अभ्यासमा जटिल सतह, उप सतह र हवाई संचालन सामेल गरिएका छन्।‌‌‌‌‌‌जसमा जहाजहरु, पनडुब्बीहरु, हेलिकप्टरहरु र लामो दूरी को समुद्री गश्ती विमान सहभागी हुनेछन्।

शिवालिक र कदमत स्वदेश निर्मित निर्देशित क्षेप्यास्त्र लडाकु विमान र पनडुब्बी विरोधी जहाज हुन् । यिनीहरू विशाखापत्तनम् स्थित पूर्वी बेडा का हिस्सा हुन्।

यस अघि रियर एडमिरल तरुण सोबती को नेतृत्व मा यी दुई विमान दक्षिण पूर्व एशिया, दक्षिण चीन सागर र पश्चिम प्रशान्त महासागरमा तैनाथ भएका थिए।

यस तैनाथी बाट मित्र राष्ट्र सँग विश्वसनीय मैत्रिक सम्बन्ध स्थापित भएको थियो।

एसुइनडेक्स सन् २०१५ देखि सुरु गरिएको अभ्यास हो। विगत का वर्ष मा यो अभ्यास निकै जटिल बन्दै गएको छ। सन् २०१९ मा बेंगोल मा यसको तेस्रो संस्करण को आयोजना गरिएको थियो जसमा पहिलो पटक पनडुब्बी विरोधी अभ्यासको संचालन गरिएको थियो।

यस चौथो संस्करण मा एचएमएस रान्किन, शाही अष्ट्रेलियाली नौसेना विमान पि-८ए र एफ-१८ए भाग लिँदै छन्।

अगस्ट महिनाको १८ तारिख मा संयुक्त रुपमा भारतीय नौसेना र शाही अष्ट्रेलियाली नौसेना ले सम्झौता मा हस्ताक्षर गरेका थिए सोही अनुसार यस अभ्यास को संचालन हुनलागेको हो।

विश्वव्यापी शान्ति स्थापना, सुरक्षा र स्थिरता कायम गर्न को निम्ति यस महत्वपूर्ण सम्झौता मा हस्ताक्षर भएको थियो।

कोविड महामारीको बावजुद पनि यो अभ्यास संचालन हुनु दुई देशका नौसेना बीच को घनिष्ठ सम्बन्ध को प्रतिनिधित्व गर्दछ।