यी परियोजनाहरु भारत द्वारा भूकम्पपछिको पुनर्निर्माण प्याकेज अन्तर्गत कार्यान्वयन

विभिन्न जिल्लाहरुमा फैलिएका १४ वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माण र १ सय ३ स्वास्थ्य क्षेत्रका परियोजनाहरुका लागि भारत र नेपालले एक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

यसको बारेमा ट्वीट गर्दै, काठमाडौं स्थित भारतीय दूतावासले लेखेको छ: " १४ वटा सांस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माण र १ सय ३ वटा स्वास्थ्य क्षेत्र परियोजनाहरु को कार्यान्वयन का लागि सिएलपियुआई (भवन) बीच हस्ताक्षर गरीएको छ।"

भारतीय दूतावासले शुक्रबार जारी गरेको एक विज्ञप्ति अनुसार यी परियोजनाहरु भूकम्पपछिको पुनर्निर्माण प्याकेज अन्तर्गत कार्यान्वयन गरिनेछ। भारत सरकारले २५ करोड अमेरिकी डलर बराबरको योजना घोषणा गरेको छ। जसमध्ये ५ करोड अमेरिकी डलर शिक्षा, सांस्कृतिक सम्पदा र स्वास्थ्य क्षेत्र को लागी छुट्याइएको छ भने १० करोड अमेरिकी डलर आवास क्षेत्र को लागी छुट्याइएको छ।

भारत सरकारको अनुदान सहयोगमा कुल ७१ वटा शिक्षा क्षेत्र परियोजनाहरु, ७ वटा जिल्लाहरुमा २८ सांस्कृतिक सम्पदा क्षेत्र परियोजनाहरु, १० वटा जिल्लाहरुमा १ सय ४७ वटा स्वास्थ्य सुविधाहरु र गोरखा र नुवाकोटमा ५० हजार घरहरुको निर्माण कार्य भइरहेको छ।

नेपालका ललितपुर, नुवाकोट, रसुवा र धादिङ जिल्लामा १४ वटा सांस्कृतिक सम्पदा क्षेत्रका पुनर्निर्माण गरिनेछ। त्यस्तै ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, गुल्मी, गोरखा र काभ्रेमा १ सय ३ स्वास्थ्य क्षेत्रका परियोजनाहरु कार्यान्वयन गरिनेछ।

बयानका अनुसार, एनआरएका सिएलपियुआई ले यस परियोजनाको कार्यान्वयन गर्नेछ।

प्रथम सचिव (विकास साझेदारी र पुनर्निर्माण) र सीएलपीआईयू (भवन) का परियोजना निर्देशक श्याम किशोर सिंहको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो।

उक्त कार्यक्रममा भारतीय दूतावास, केन्द्रीय स्तर परियोजना कार्यान्वयन इकाई (भवन) का अधिकारीहरु र भारत सरकारका परियोजना सल्लाहकारहरु इनटाक र सिबिआरआई का प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।