भारतको डेनमार्क सँग मात्र हरित रणनीतिक साझेदारी

भारतको डेनमार्क सँग मात्र हरित रणनीतिक साझेदारी रहेको छ। विदेश मन्त्री जयशंकर हाल दुई दिने भ्रमण मा हुनुहुन्छ। यसैक्रममा शनिबार दुई देशको चौथो संयुक्त आयोगको बैठक सहभागी हुँदै उनले आगामी पाँच बर्षका लागि भारत र डेनमार्क संयुक्त रुपमा काम गर्ने बताएका छन्।

"हामीले कोविड को बेला पनि कसरी संयुक्त कार्य योजना अघि बढ्यो भनेर समीक्षा गरेका थियौं। गत वर्ष दुबै पक्षका अधिकारीहरुले निकै उपलब्धि हासिन गरेका छन् जसका लागि म तिनलाई बधाई दिन चाहन्छु। हाम्रो संयुक्त आयोग मा १० कार्य समूहहरु थिए। हामीले भर्खरै स्वास्थ्य तर्फ ११ औं समुह थपेका छौं। कोभिडको सन्दर्भमा यसको प्रासंगिकता स्पष्ट छ।"

परराष्ट्रमन्त्रीले शनिबार भारत-डेनमार्क संयुक्त आयोगको चौथो बैठकपछि आफ्नो प्रेस वक्तव्यमा यस्तो बताएका हुन्। बीस वर्ष मा यस मुलुकमा कुनै भारतीय विदेशमन्त्री को यो पहिलो भ्रमण हो।

दुई देश बीचको सम्बन्ध को विशिष्टता लाई औल्याउँदै उनले डेनमार्क सँग मात्र भारतको हरित रणनीतिक साझेदारी रहेको बताउनुभयो।

"सबैजना राम्रो विकास र निर्माण तर्फ मात्र केन्द्रित छन् तर हामी हरित विकास तर्फ पनि केन्द्रित हुन चाहन्छौं। यसै सन्दर्भमा डेनमार्क एक अद्वितीय साझेदार हुनजान्छ। किनकि तपाइँसँग शक्ति, अनुभव र उत्तम अभ्यासहरु छन्। जुन भारत जस्तो देश को लागी धेरै उपयोगी हुनेछ।"

उनले पाँच वटा डेनमार्क कार्यालय का मुख्य अधिकारी सँग पनि छलफल गरेका थिए। जसको बारे बताउँदै उनले भन्नुभयो, "ग्रुन्डफोस, भेस्टास, मर्स्क, हालडोर, तोपसो, र सिआईपी जस्ता कार्यालय हरुले हरित विकास क्षेत्र मा भारत मा एक ठूलो परिवर्तन ल्याउन सक्छन्।"

हाल भारतमा २ सय वटा डेनमार्क का कम्पनी कार्यरत छन् र डेनमार्क मा‌पनि भारतीय कार्यालय कार्यरत छन्।

"द्विपक्षीय सहयोग बाहेक, हामी युरोपेली संघ संग कसरी व्यापार र लगानी बढाउन सक्छौं भनेर पनि छलफल गरेका थियौं।"

संयुक्त आयोग बैठक को क्रममा, दुबै पक्षहरुले कोविड १९ को स्थिति र यसबाट उत्पन्न चुनौतीहरु क बारे मा पनि छलफल भएको उनले बताउनुभयो।

“हामीले कोविड स्थितिबारे पनि छलफल गरेका छौं। कसरी हामीले यसको सामना गर्यौं।यात्रा र गतिशीलता को मामला मा के कस्ता चुनौती देखिए यस बारे पनि कुरा गर्यौ। थुप्रै पर्यटक, विधार्थी, समुद्री यात्रुहरु, विमान यात्रु एक देशबाट अर्को मा‌ जान्छन्।‌‌गत वर्ष देखि यिनका जीवन मा‌ निकै प्रभाव परेको छ। हामी ले‌ यिनको जीवन मा सहजता ल्याउनु जरुरी छ।"

मिडिया समक्ष आफ्नो बयान मा जयशंकरले डेनमार्क का रानी लाई पनि भेटेको बताउनुभयो।

उनले भन्नुभयो, " डेनमार्क का रानी ले भेटने अवसर प्रदान गर्नुभएको मा म निकै सम्मानित भएको छु। वहाँ ले भारतको सम्झना गर्नुभयो र हाम्रो सम्बन्ध को लागि उनले मनकारी भावना तकट गर्नुभयो।"