संसारमा आतंकवाद र उग्रवाद को लागी कुनै ठाउँ नभएकोमा दुवै सहमत

प्रधानमन्त्री नरेन्द्र मोदी र अबु धाबीका युवराज शेख मोहम्मद बिन जायद अल नाह्यानले शुक्रवार 'हालको क्षेत्रीय घटनाक्रम' बारे छलफल गरेका छन्।

टेलिफोन मा भएको कुराकानीको क्रममा संसारमा आतंकवाद र उग्रवाद को लागी कुनै ठाउँ नभएकोमा दुवै नेतृत्व सहमत भएका छन्। र त्यस्ता शक्तिहरु बिरुद्ध सम्पूर्ण अन्तर्राष्ट्रिय समुदाय एकजुट हुनुपर्ने मा दुवै नेताले जोड दिएका छन्।

तालिबानले अफगानिस्तान मा नियन्त्रण गरेपछि त्यहाँ दिनानुदिन बदल्दो स्थिति रहेको छ। सोही अनिश्चितता को बीच दुई नेता बीच छलफल भएको छ।

एक आधिकारिक प्रेस विज्ञप्ति अनुसार भारत-यूएई व्यापक रणनीतिक साझेदारी अन्तर्गत विभिन्न क्षेत्रहरुमा द्विपक्षीय सहयोग मा निरन्तर भएको प्रगतिलाई लिएर दुवै नेता सकरात्मक छन्।

प्रधानमन्त्री कार्यालय (पीएमओ)ले शुक्रवार जारी गरेको विज्ञप्ति अनुसार दुवै नेताले साझा चासोका क्षेत्रीय मुद्दाहरुमा पनि छलफल गरेका थिए।

कोभिड १९ महामारीको बेला भारतीय समुदायलाई युएईले दिएको सहयोग का लागि प्रधानमन्त्री मोदीले धन्यवाद पनि व्यक्त गर्नुभएको थियो।

कुराकानीको क्रममा प्रधानमन्त्री मोदीले अक्टोबर १ तारिख देखि दुबईमा मा आयोजना हुने एक्सपो २०२० को लागी शुभकामना व्यक्त गर्नुभयो।

प्रधानमन्त्री मोदीले ट्वीट मा भन्नुभयो, " युवराज @मोहम्मदबिनजायेद सँग राम्रो कुराकानी। द्वीपक्षीय व्यापक रणनीतिक साझेदारी मा भएको प्रगति को समीक्षा र हालैको क्षेत्रीय घटनाक्रम बारे छलफल। कोभिड १९ महामारीको बेला भारतीय समुदायलाई युएईले दिएको सहयोग का लागि धन्यवाद र दुबई एक्स्पो को लागी मेरो शुभकामना।"