सिम्बेक्स कुनै पनि विदेशी नौसेना सँग भएको सबै भन्दा लामो निर्बाध द्विपक्षीय समुद्री अभ्यास

शनिबार सिंगापुर-भारत समुद्री द्विपक्षीय अभ्यास सिम्बेक्सको २८ औं संस्करण को सफलतापूर्वक समापन भएको छ। यस अभ्यासले दुबै पक्ष बीचको द्विपक्षीय रक्षा सम्बन्ध अझ बलियो बनाएको छ।

भारतीय नौसेना र गणतन्त्र सिंगापुर का नौसना
(आरएसएन) ले‌ यस अभ्यासका क्रममा थुप्रै चुनौती को सफलतापूर्वक सामना गरेका थिए। दुवै देश का नौसेना ले प्रत्यक्ष हतियार संचालन,उन्नत नौसेना युद्धाभ्यास, पनडुब्बी विरोधी, वायु र विरोधी सतह युद्ध मा भाग लिएका थिए।

यस तीन दिने वार्षिक अभ्यासको आयोजना आरएसएन ले दक्षिण चीन सागरको दक्षिणी किनारमा गरेको थियो।

शनिवार जारी एक प्रेस विज्ञप्ति अनुसार भारतीय रक्षा मंत्रालय ले अभ्यास को मापन र जटिलता को वर्णन गर्दै दुबै नौसेनाहरु बीच अन्तरक्रियात्मक क्षमता बढेको बताएको छ।

सिम्बेक्स २०२१ को सफलता आगामी बर्षहरुमा द्विपक्षीय साझेदारीलाई अझ सुदृढ बनाउन दुबै पक्षको आपसी संकल्पको अर्को प्रदर्शन हो।

सन् १९९४ मा शुरू गरिएको सिम्बेक्स कुनै पनि विदेशी नौसेना सँग भएको सबै भन्दा लामो निर्बाध द्विपक्षीय समुद्री अभ्यास हो।

रक्षा मन्त्रालयले भन्यो, " जारी महामारी को चुनौतिहरु का बावजूद यस महत्वपूर्ण अभ्यासको निरन्तरताले दुबै देशहरु बीच स्थापित द्विपक्षीय रक्षा सम्बन्ध अझ सुदृढ भएको छ।"

महामारी का कारण यस वर्ष को सिम्बेक्स अभ्यास भौतिक दुरी कायम गरी 'समुद्र मा मात्र' गरिएको थियो।

भारतीय नौसेनाको नेतृत्व विध्वंसक निर्देशित क्षेप्यास्त्र आईएनएस रणविजयले जहाजले गरेको थियो। हेलिकप्टर, एएसडब्ल्यू कार्वेट आईएनएस किल्तान र निर्देशित क्षेप्यास्त्र आईएनएस कोरा र पी८आई लामो दुरी सामुद्रिक गश्ती विमान पनि साथमा थिए।

सिंगापुर नौसेना का तर्फ बाट एक लडाकु विमान, आरएसएस स्थिर विमान, एस ७० बी नौसेना हेलिकप्टर, एक विजय वर्ग क्षेप्यास्त्र कार्वेट, आरएसएस भिगोर, एक आर्चर वर्ग पनडुब्बी र एक फोक्कर ५० सामुद्रिक गश्ती विमान सामेल थिए।

वायु रक्षा अभ्यासको क्रममा सिंगापुर वायु सेना का चार एफ १६ लडाकू विमानले पनि अभ्यासमा भाग लिएका थिए।

भारत यसपटक आफ्नो ७५ औं स्वतन्त्रता दिवस मनाइरहेका बेला यो अभ्यास हुनु निकै महत्त्वपूर्ण मानिएको छ।

भारत-सिंगापुर रक्षा सम्बन्ध समग्र द्विपक्षीय सम्बन्ध को एक धेरै महत्वपूर्ण पक्ष बनेको छ। र दुई देशबीच परम्परागत सैन्य सम्बन्ध साथै राहत र साइबर सुरक्षा क्षेत्रमा पनि बलियो समर्थन रहेको छ।‌‌‌‌

दुवै देशका नौसेना का समुद्री सूचना‌ केन्द्र मा एक अर्का का प्रतिनिधित्व रहेका छन्। हालै उनीहरूले आपसी पनडुब्बी उद्धार सहयोग र समन्वय सम्बन्धी एक सम्झौतामा हस्ताक्षर गरेका छन्।