लगभग ५२ करोड मानिसले खोपको पहिलो खुराक प्राप्त गरिसकेका छन्

गत २४ घण्टामा ५८ लाख ८५ हजार ६ सय ८७ खोप खुराक प्रदान गरिएको छ। यसका साथै हालसम्म देशमा ६७ करोड ७० लाख भन्दा बढी खोप प्रदान गरिसकिएको छ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय ले जारी गरेको शनिबार बिहान ७ बजेसम्म को अस्थायी प्रतिवेदन अनुसार हालसम्म भारतमा कुल ६७ करोड ७२ लाख ११ हजार २ सय ५ खोप प्रदान गरिएको छ।

यी सम्पूर्ण खोप खुराक ७० लाख ८८ हजार ४ सय २४ सत्र मार्फत प्रदान गरिएको हो।

स्वास्थ्य मन्त्रालयले जारी गरेको बिहान ७ बजेसम्म को तथ्यांक अनुसार शुक्रबार सम्म ५१ करोड ९२ लाख ८७ हजार ३ सय ४ जना मानिसले खोप को पहिलो खुराक प्राप्त गरिसकेका छन्।

त्यस्तै हालसम्म १५ करोड ७२ लाख १२ हजार ९ सय ९७ जनाले खोपको दोस्रो खुराक प्राप्त गरिसकेका छन्।

त्यस्तै गत २४ घण्टामा ३६ हजार ३ सय ८५ जना निको भएका छन्। जसका कारण हालसम्म ३ करोड २१ लाख १ जना विरामी निको भइसकेका छन्।

यसका साथै भारतको संक्रमण मुक्त दर ९७.४३ प्रतिशत पुगेको छ।

यसका साथै राज्य सरकार र केन्द्र शासित प्रदेश को संयुक्त प्रयासको नतिजा अनुसार लगातार ६९ दिन भारतमा ५० हजार भन्दा कम नयाँ संक्रमित विरामी थपिएका छन्। गत २४ घण्टामा ४२ हजार ६ सय १८ जना नँया संक्रमित विरामी थपिएका छन्।

देशको सक्रिय संक्रमित संख्या हाल ४ लाख ५ हजार ६ सय ८१ पुगेको छ। हाल सो संख्या देशको कुल सकारात्मक संख्या को १.२३ प्रतिशत हो।

गत २४ घण्टामा १७ लाख ४ हजार ९ सय ७० वटा नमुना परीक्षण गरिएको छ। हालसम्म देशमा ५२ करोड ८२ लाख ४० हजार ३८ वटा नमुना परीक्षण भइसकेको छ।

यसका साथै देशको साप्ताहिक सकारात्मकता दर मा पनि कमी आउँदै गएको छ। हाल साप्ताहिक सकारात्मकता दर २.६३ प्रतिशत पुगेको छ। लगातार ७१ दिन यो दर ३ प्रतिशत भन्दा कम मा कायम रहँदै आएको छ।

दैनिक सकारात्मक दर २.५० प्रतिशत पुगेको छ। लगातार ८९ दिन सो दर ५ प्रतिशत भन्दा कम मा कायम रहँदै आएको छ।