कोर्बेभ्याक्स ले वयस्कमा पनि तेस्रो चरण को नैदानिक परीक्षण गर्न पाउने

भारतीय औषधि नियन्त्रक जनरल (डीसिजीआई) ले जैविक ई को कोविड १९ खोप कोर्बेभ्याक्स लाई दुई चरणको नैदानिक परीक्षण गर्न स्वीकृति दिएको छ।‌‌‌‌

परीक्षण अन्तर्रगत बालबालिका तथा किशोरकिशोरीहरुमा दोस्रो र तेस्रो चरण को नैदानिक परीक्षण गरिनेछ।

कोर्बेभ्याक्स एक आरबिडी प्रोटीन उप-इकाई खोप हो।

निम्न परीक्षण को लागि स्वीकृति प्राप्त:

* वयस्क जनसंख्या मा तेस्रो चरण को सक्रिय नियंत्रित नैदानिक परीक्षण
* ५ वर्ष र माथिका बालबालिका तथा किशोरकिशोरीहरुमा दोस्रो र तेस्रो चरण को नैदानिक परीक्षण

शुक्रवार जारी एक आधिकारिक प्रेस विज्ञप्ति अनुसार विषय विशेषज्ञ समिति (एसइसी) ले पहिलो र दोस्रो चरणको परीक्षण परिणामको समीक्षा पछि डीसिजीआई ले वयस्क जनसंख्या मा तेस्रो चरण को तुलनात्मक सुरक्षा र प्रतिरक्षा प्रतिरोध परीक्षण को अनुमति दिएको हो।

त्यसै गरेर यस खोपले सेप्टेम्बर महिनाको १ तारिख मा नै बालबालिका र किशोरहरुमा मा कोर्बेभ्याक्स खोपको सुरक्षा, प्रतिक्रिया, सहनशीलता र प्रतिरोधात्मकता को मूल्यांकन तथा परीक्षण गर्न अनुमति प्राप्त गरेको थियो।

भारत सरकार को विज्ञान र प्रविधि मन्त्रालय अन्तर्गत जैव प्रौद्योगिकी विभाग (डीबीटी) र यसको पिएसयु तथा जैव प्रौद्योगिकी उद्योग अनुसन्धान सहायता परिषद (बिराक) ले यस खोप को अर्को चरणको परीक्षणको लागि समर्थन प्रदान गरेका थिए।

कोभिड सुरक्षा अभियान तथा कोविड १९ अनुसन्धान कन्सोर्टिया अन्तर्गत राष्ट्रिय औषधि अभियान बिराकले यस खोप परीक्षण को लागि आर्थिक सहयोग प्रदान गरेको थियो।

बिराक, डीबीटी र अध्यक्ष रेनु स्वरूप ले एक प्रेस विज्ञप्ति मा भनेको थिइन्, " बिराक ले आत्म निर्भर भारतको तेस्रो चरण अन्तर्गत कोविड १९ सुरक्षा अभियान को लागि यस परीक्षण को समर्थन गरेको छ। हामी सुरक्षित र प्रभावकारी खोप उत्पादन गर्न प्रतिबद्ध छौं। बालबालिका र वयस्क को लागी चाँडै कोर्बेभ्याक्स तयार हुनेमा हामी विश्वस्त छौं।"

"डीसिजीआई बाट अनुमति प्राप्त गर्दा हामी निकै खुसी छौं। यस अनुमतिका कारण हामी सुरक्षित र प्रभावकारी खोप उत्पादन गर्न प्रतिबद्ध भएका छौं।"जैविक ई लिमिटेड का प्रबन्ध निर्देशक महिमा दतलाले भनिन्।

हैदराबाद स्थित जैविक ई लिमिटेड कम्पनी एक औषधि निर्माण र जीवविज्ञान कम्पनी हो जसको स्थापना सन् १९५३ मा‌ भएको थियो। यो भारतको पहिलो निजी जैविक उत्पादन कम्पनी हो भने दक्षिण भारत को पहिलो औषधि कम्पनी हो।

यस कम्पनीले खोप को विकास, निर्माण र चिकित्सकीय आपूर्ति गर्ने गर्दछ। यस कम्पनीले १०० भन्दा बढी देशहरुमा खोप आपूर्ति गर्दछ र यसको चिकित्सीय उत्पादनहरु भारत र संयुक्त राज्य अमेरिका मा बेचिन्छ। बिई सँग हाल डब्लुएचओ द्वारा अनुमोदित ८ वटा खोप सूचीकृत छन्।