उनीबाट संयुक्त राष्ट्रसंघको वरिष्ठ नेतृत्वसँग भेट् हुने र न्यूयोर्कमा भारतीय समुदायसँग कुराकानी गर्ने अपेक्षा

सेप्टेम्बर महिनाको ४ देखि ९ तारिख सम्म विदेश राज्यमन्त्री मीनाकाशी लेखी ले कोलम्बिया र न्यूयोर्कको औपचारिक भ्रमण गर्नेछिन्।

सेप्टेम्बर ८ तारिख मा न्युयोर्क मा हुने संयुक्त राष्ट्र सुरक्षा परिषद्को कार्यसूची अन्तर्गत 'परिवर्तन' विषयक संयुक्त राष्ट्र सुरक्षा परिषदको मन्त्रीस्तरीय खुला बहसमा उनी भारतको प्रतिनिधित्व गर्नेछिन्।

बिहिबार विदेश मन्त्रालय ले जनाए अनुसार राज्यमन्त्रीको रूपमा उनको यो पहिलो विदेश भ्रमण हुनेछ।

कोलम्बिया भ्रमणमा द्विपक्षीय सम्बन्धमा भएको प्रगतिको समीक्षा गरिने

सेप्टेम्बर ४ देखि ६ तारिख सम्म उनी कोलम्बिया को भ्रमण मा हुनेछिन्। उक्त क्रममा उनी कोलम्बिया का शीर्ष नेतृत्व संग भेट गर्नेछिन्। साथै कोलम्बिया का उपराष्ट्रपति र विदेश मंत्री मार्ता लुसिया रामिरेज संग द्विपक्षीय छलफल गर्नेछिन् भने आपसी हितका लागि क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरु मा विचार आदान प्रदान गर्ने छिन्।

सो भ्रमण को क्रममा उनी अग्रणी भारतीय र कोलम्बियाली कम्पनीहरु तथा त्यहाँ बसोबास गरिरहेका भारतीय प्रवासी सँग पनि कुराकानी गर्नेछिन्।

विदेश मन्त्रालयका अनुसार उनको यो भ्रमण ले ल्याटिन अमेरिकी देश सँग स्थापित भारतको द्विपक्षीय सम्बन्ध मा भएको प्रगति को समीक्षा गर्ने अवसर प्रदान गर्नेछ। साथै उनको यस भ्रमण बाट यो महत्वपूर्ण साझेदारी अझ विस्तार र सुदृढ हुने विश्वास पनि गरिएको छ। सन् २०१८ अक्टोबर महिनामा कोलम्बिया मा भारतको अन्तिम मन्त्रीस्तरीय भ्रमण भएको थियो। त्यतिखेर तत्कालीन विदेश राज्य मंत्री जनरल (सेवानिवृत्त) वी के सिंहले कोलम्बियाको आधिकारिक भ्रमण गरेका थिए।

भारत र कोलम्बियाले महत्वपूर्ण व्यापार सम्बन्ध साझा गर्दछन्

सन् २०१९ मा भारत र कोलम्बियाले आफ्नो कूटनीतिक सम्बन्ध स्थापना को ६० औं वार्षिकोत्सव मनाएका थिए।

ल्याटिन अमेरिका मा कोलम्बिया भारत को एक महत्वपूर्ण साझेदार हो र कोलम्बिया संग भारतको सम्बन्ध विशेष गरी आर्थिक र व्यापारिक क्षेत्र मा निकै विस्तार भएको छ।

आर्थिक वर्ष २०२०-२१ मा कोलम्बिया संग भारतको २.२७ अरब अमेरिकी डलर बराबरको द्विपक्षीय व्यापार भएको थियो। जबकि आर्थिक वर्ष २०१९-२० मा १.८५ अरब अमेरिकी डलर बराबरको द्विपक्षीय व्यापार भएको थियो।

राज्यमन्त्री ले युएनएससी मा भारत को प्रतिनिधित्व गर्नेछिन्

सेप्टेम्बर महिनाको ७ देखि ९ तारिख सम्म उनी न्युयोर्क मा‌ हुनेछिन्। उक्त क्रममा सेप्टेम्बर ८ तारिख मा न्युयोर्क मा हुने संयुक्त राष्ट्र सुरक्षा परिषद्को कार्यसूची अन्तर्गत 'परिवर्तन' विषयक संयुक्त राष्ट्र सुरक्षा परिषदको मन्त्रीस्तरीय खुला बहसमा उनी भारतको प्रतिनिधित्व गर्नेछिन्।

विदेश मन्त्रालयका अनुसार भारत स्वतन्त्रताको ७५ औं वार्षिकोत्सवको उपलक्ष्यमा आजादी का अमृत महोत्सव अन्तर्गत उनी संयुक्त राष्ट्र संघका वरिष्ठ नेतृत्वसँग भेट्ने छिन् र न्यूयोर्कमा भारतीय समुदायसँग कुराकानी पनि गर्ने छिन्।