यो सम्झौता भारत अमेरिका रक्षा प्रविधि सहयोगलाई गहिरो बनाउने दिशा तर्फ महत्वपूर्ण कदम

सन् २०२१ जुलाई महिनाको ३० तारिख मा भारतीय रक्षा मन्त्रालय ले अमेरिकी रक्षा विभाग संग वायु प्रक्षेपण मानव रहित हवाई वाहन (एएलयुएभि) को लागि एक परियोजना सम्झौता (पिए) मा हस्ताक्षर गरेको भारतीय रक्षा मन्त्रालय (एमओडी) ले आज बताएको छ।

भारत-अमेरिका रक्षा प्रविधि र व्यापार पहल(डिटिटिआई) मा संयुक्त कार्य समूह हवाइ प्रणाली अन्तर्गत सम्झौतामा हस्ताक्षर भएको थियो।

भारतीय वायुसेना (आईएएफ)का एयर मार्सल नर्मदेश्वर तिवारी र अमेरिकी वायु सेना का निर्देशक, वायु सेना सुरक्षा सहायता तथा सहयोग निर्देशनालयका ब्रिगेडियर जनरल ब्रायन आर ब्रकबाउरले सम्झौता मा हस्ताक्षर गरेका थिए।‌

भारत-अमेरिकी रक्षा प्रविधि सहयोगलाई गहिरो बनाउने दिशामा महत्वपूर्ण कदम

एएलयुएभि अन्तर्रगत को पिए भारतीय रक्षा मन्त्रालय र अमेरिकी रक्षा विभाग को बीच भएको समझौता ज्ञापन को अनुसंधान, विकास, परीक्षण र मूल्यांकन (आरडिटि र ई) अन्तर्गत पर्दछ। सन् २००६ मा पहिलो पटक आरडिटि र ई मा हस्ताक्षर भएको थियो भने सन् २०१५ जनवरी महिनामा नवीकरण भएको थियो।

दुई राष्ट्रहरु बीच रक्षा प्रविधि सहयोग गहिरो गर्न को लागी पिए एक महत्वपूर्ण कदम हो।

भारत र अमेरिका का विभिन्न रक्षा संगठनहरु बीच सहयोग

पिए ले वायु सेना अनुसन्धान प्रयोगशाला, भारतीय वायु सेना, र रक्षा अनुसन्धान र विकास संगठन को बीच एक एएलयुएभि को सह-विकास गर्न योजना, विकास, प्रदर्शन, परीक्षण र प्रणाली को मूल्यांकन गर्दछ।

डीआरडीओ मा वायु विकास प्रतिष्ठान (एडीई) र वायु सेना प्रयोगशाला (एएफआरएल) मा वायु प्रणाली निदेशालय, भारतीय र अमेरिकी वायु सेना संगै पीए को कार्यान्वयन का लागी प्रमुख संगठनहरु हुन्।

भारत र अमेरिका बीच रक्षा प्रविधि सहयोग को लागी डिटिटिआई

डिटिटिआई पहल भारत र अमेरिका बीच रक्षा प्रविधि सहयोग सहज गर्न को लागी बनाइएको थियो। सहयोगी प्रविधिमा सीप आदानप्रदान लाई बढावा दिन र भारतीय र अमेरिकी सैन्य बल को लागी भावी प्रविधि को सह-उत्पादन र सह-विकास को अवसरहरु लाई सृजना गर्न को लागी नेतृत्व प्रदान गर्नु नै डिटिटिआई को उद्देश्य हो।

डिटिटिआई अन्तर्गत, भूमि, नौसेना, हवाई, र विमान वाहक प्रविधि का लागि संयुक्त कार्य समूह स्थापित गरिएको छ। यस समुहले विभिन्न क्षेत्रहरुमा पारस्परिक सहमत परियोजनाहरु मा ध्यान केन्द्रित गर्न सहयोग पुर्याउँदछ। संयुक्त कार्य समूह ले एएलयुएभि को सह-विकास को लागी पीए वायु प्रणाली को निरीक्षण गर्दछ। यो डिटिटिआई को लागि एक प्रमुख उपलब्धि हो।