चिनियाँ विदेश मंत्रालय का प्रवक्ता वांग वेनबिनद्वारा शुक्रबार नियमित प्रेस सम्मेलन को क्रममा यसको संकेत

तालिबानको नियन्त्रण पछि अफगानिस्तानमा हिंसा, मानव अधिकार हनन, व्यापक अराजकता र अनिश्चितता बढ्दै गएको छ। यसै सन्दर्भमा यसै महिना हुने ब्रिक्स शिखर सम्मेलनमा युद्धग्रस्त देशको विद्यमान स्थिति बारे राम्ररी छलफल हुने अपेक्षा गरिएको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वेनबिनले एक प्रश्नको जवाफमा भने, " राष्ट्रिय सुरक्षा सल्लाहकारहरुको ब्रिक्स बैठक जस्ता संयन्त्रहरु मार्फत ब्रिक्स देशहरु बीच हालै अफगानिस्तानको मुद्दामा संचार र समन्वय भएको थियो।"

"ब्रिक्सको संचार र समन्वय कायम राख्ने र साझा चासोका क्षेत्रीय र अन्तर्राष्ट्रिय मामिलामा संयुक्त रुपमा स्थिति बताउने परम्परा छ। ब्रिक्स देशहरुले यस परम्परालाई अगाडि बढाउनेछन्।"

राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालको अध्यक्षतामा, ब्रिक्स देशका शीर्ष सुरक्षा अधिकारीहरुले विभिन्न आतंकवादी समूहहरु द्वारा तालिबानको माध्यमबाट गतिविधिहरु बढाउने सम्भावना को पृष्ठभूमि माअगस्त २४ तारिख मा आतंकवाद र आतंक को वित्तपोषण बिरुद्ध व्यावहारिक सहयोग बढाउन को लागी एक कार्ययोजना अपनाएका थिए।

एक भर्चुअल बैठक मा यस कार्ययोजना मा सहमति जनाइएको थियो। यसैबीच नयाँ दिल्ली ले सीमापार आतंकवाद को मुद्दा र शान्ति र सुरक्षा का लागी खतरा भएका तथा विभिन्न राज्यबाट समर्थन प्राप्त गरेका लश्कर-ए-तैयबा र जैश-ए-मोहम्मद जस्ता समूहहरु का गतिविधिहरु बारे पनि मुद्दा उठाएको थियो।