भ्रमण का क्रममा विदेश मन्त्रीले महारानी मार्गरेट द्वितीय र डेनमार्कमा का प्रधानमन्त्री मेटे फ्रेडरिकसेन्ड सँग शिष्टाचार भेट गर्ने

डेनमार्क स्थित भारतीय दूतावासले बिहीबार जारी गरेको एक विज्ञप्ति अनुसार विदेशमन्त्री एस जयशंकरले सेप्टेम्बर ४ देखि ५ तारिख सम्म डेनमार्कको औपचारिक भ्रमण गर्नुहुने छ।

आफ्नो भ्रमणको क्रममा, विदेशमन्त्रीले डेनमार्कका विदेश मन्त्री जेप्पे कोफोडसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ र दुई देशहरु बीच चौथो संयुक्त आयोग बैठकको सह-अध्यक्षता गर्नुहुनेछ।

भ्रमण का क्रममा विदेश मन्त्रीले महारानी मार्गरेट द्वितीय र डेनमार्कमा का प्रधानमन्त्री मेटे फ्रेडरिकसेन्ड सँग शिष्टाचार भेट गर्नुहुनेछ।‌

सन् २०२० को सेप्टेम्बर महिनामा प्रधानमन्त्री नरेन्द्र मोदी र डेनमार्कका प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सन बीच भएको भर्चुअल शिखर सम्मेलनको क्रममा हरित रणनीतीक साझेदारी को स्थापना गरिएको थियो। यो एक महत्वपूर्ण उपलब्धि थियो जसबाट दुई देशबीच अनुकरणीय द्विपक्षीय सहयोग स्थापित भएको थियो।

विदेशमन्त्री को यस भ्रमण का क्रममा द्विपक्षीय सम्बन्ध मा भएको प्रगति को समीक्षा गरिनेछ। साथै यस भ्रमण ले भारत र डेनमार्क बीच बहुआयामिक सम्बन्ध सुदृढीकरण को लागी एक अवसर पनि प्रदान गरेको छ।

हालका समयमा भारत र डेनमार्क बीच को सम्बन्ध अनुकरणीय बनेको छ। सन् २०१९ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना को ७० औं वार्षिकोत्सव मनाइएको थियो।

सन् २०२० मा भारत र डेनमार्कका जनता बीच भएको पहिलो अन्तरक्रियाको ४०० औं वार्षिकोत्सव मनाईएको थियो। सन् १६२० मा डेनमार्क ले ट्रान्कबार मा पहिलो व्यापारिक चौकी को स्थापना गरेको थियो।

विदेश मन्त्री जयशंकर तीन मध्य युरोपेली देशहरु संग भारत को द्विपक्षीय सम्बन्ध मा भएको प्रगति को समीक्षा गर्न स्लोभेनिया, क्रोएशिया र डेनमार्क को भ्रमण गरीरहेका छन्। उहाँको भ्रमणले ईयूसँग बहुआयामिक सम्बन्ध सुदृढ पार्ने अवसर पनि प्रदान गर्नेछ।

जयशंकर सेप्टेम्बर २ र ३ तारिख मा स्लोभेनियामा हुनेछन्। उनी सेप्टेम्बर ३ तारिख मा क्रोएसियाको भ्रमण गर्नेछन् र अन्ततः आफ्नो तीन देशको भ्रमणको अन्तिम चरणमा डेनमार्क तर्फ लाग्नेछन्।