गत २४ घण्टामा ४७ हजार ९२ जना नँया संक्रमित विरामी थपिए

भारतमा एकदिनमा ८१ लाख खोप खुराक प्रदान गरिएको छ। हालसम्म देशमा कुल ६६ करोड ३० लाख भन्दा बढी खोप प्रदान गरिसकेको छ।

बिहिबार बिहान ७ बजेसम्म को अस्थायी प्रतिवेदन अनुसार गत २४ घण्टामा ८१ लाख ९ हजार २ सय ४४ खोप खुराक प्रदान गरिएको छ।

यसैका साथ हालसम्म भारतमा कुल ६६ करोड ३० लाख भन्दा बढी खोप प्रदान गरिएको छ।

यी सम्पूर्ण खोप खुराक ६९ लाख ६० हजार ९ सय ८३ सत्र मार्फत प्रदान गरिएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार केन्द्र सरकार सम्पुर्ण वयस्क जनताका लागि द्रुत गतिमा खोप प्रदान गर्न प्रतिबद्ध रहेको छ।

त्यस्तै गत २४ घण्टामा ३५ हजार १ सय ८१ जना निको भएका छन्। जसका कारण हालसम्म ३ करोड २० लाख २८ हजार ८ सय २५ जना विरामी निको भइसकेका छन्।

यसका साथै भारतको संक्रमण मुक्त दर ९७.४८ प्रतिशत पुगेको छ।

यसका साथै राज्य सरकार र केन्द्र शासित प्रदेश को संयुक्त प्रयासको नतिजा अनुसार लगातार ६७ दिन भारतमा ५० हजार भन्दा कम नयाँ संक्रमित विरामी थपिएका छन्।

गत २४ घण्टामा ४७ हजार ९२ जना नँया संक्रमित विरामी थपिएका छन्।

देशको सक्रिय संक्रमित संख्या हाल ३ लाख ८९ हजार ५ सय ८३ पुगेको छ। हाल सो संख्या देशको कुल सकारात्मक संख्या को १.१९ प्रतिशत हो।

गत २४ घण्टामा १६ लाख ८४ हजार ४ सय ४१ वटा नमुना परीक्षण गरिएको छ।

हालसम्म देशमा ५२ करोड ४८ लाख ६८ हजार ७ सय ३४ वटा नमुना परीक्षण भइसकेको छ।

यसका साथै देशको साप्ताहिक सकारात्मकता दर मा पनि कमी आउँदै गएको छ। हाल साप्ताहिक सकारात्मकता दर २.६२ प्रतिशत पुगेको छ। लगातार ६९ दिन यो दर ३ प्रतिशत भन्दा कम मा कायम रहँदै आएको छ।

दैनिक सकारात्मक दर २.८० प्रतिशत पुगेको छ।
लगातार ८७ दिन सो दर ५ प्रतिशत भन्दा कम मा कायम रहँदै आएको छ।