बंगलादेश हाल कोविड १९ को दोस्रो लहर सँग लडिरहेको छ, यसै लडाइमा समर्थन प्रदान गर्न यी चिकित्सा आपूर्ति गर्न लागिएको हो

रक्षा मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार आईएनएस सावित्री एक अपतटीय गश्ती जहाज हो। यस जहाजले बंगलादेशी नौसेना र ढाका चिकित्सा विश्वविद्यालय का निम्ति ९ सय ६० तरल चिकित्सा ऑक्सीजन प्लान्ट आपुर्ति गर्न यात्रा प्रारम्भ गरेको छ। बिहिबार यो जहाज चिकित्सा आपूर्ति का साथ बंगलादेशको चटगाउँ बन्दरगाहमा पुग्नेछ।

सागर (सबैका लागि सुरक्षा र विकास) नामक भारतीय पहल अन्तर्गत भारतीय नौसेना सक्रिय रूप मा विभिन्न देशमा राहत सामग्री उपलब्ध गराउन लागिरहेको छ। यसअघि दक्षिण एशिया, दक्षिण पूर्व एशिया र पूर्वी अफ्रिका लगायत हिन्द महासागर को सम्पूर्ण सीमा सम्म फैलिएका क्षेत्र मा मानवीय सहायता पुगाउन भारतीय नौसेना लागिपरेका थिए।‌

यसअघि भारतीय नौसेना जहाज शक्तिले १०० टन तरल चिकित्सा ऑक्सीजन श्रीलंकाको कोलम्बो मा पुर्याएको थियो। हाल इन्डोनेसिया, भियतनाम र थाइल्याण्डमा चिकित्सा सहायता आपुर्ति गर्न आईएनएस ऐरावत खटिएको छ।

भारत र बंगलादेश बीच लामो समय देखि घनिष्ठ मैत्रिक सम्बन्ध स्थापित छ। गत केही वर्ष मा यो सम्बन्ध झन् मजबुत भएको छ।

भारत र बंगलादेशका जनता बीच पनि घनिष्ठ सांस्कृतिक सम्बन्ध र लोकतान्त्रिक समाज प्रति एक साझा दृष्टिकोण रहेको छ।