डीआरडीओ द्वारा विकसित र बीईएल द्वारा निर्मित, एनएडीएस भारतीय सशस्त्र बल मा‌ सामेल हुने पहिलो स्वदेशी निर्मित उच्च प्रविधियुक्त प्रणाली हो

भारतीय नौसेना ले पहिलो पटक स्वदेशी रुपमा‌ विकसित र निर्मित नौसेना ड्रोन विरोधी प्रणाली (एनएडीएस) प्राप्त गर्ने भएको छ। पिएसयु भारत इलेक्ट्रोनिक लिमिटेड ले यो प्रणाली प्रदान गर्न लागेको हो।

यसै सन्दर्भमा मंगलबार नयाँदिल्ली मा भारतीय नौसेना र बीईएल बीच एक सम्झौता मा हस्ताक्षर भएको थियो।

एनएडीएसले सानो भन्दा सानो ड्रोन पनि पत्ता लाउन सक्दछ र लेजर को प्रयोग गरी तिनको विनाश गर्न सक्दछ। हाल रणनीतिक नौसेना प्रतिष्ठानहरु को लागी ड्रोन एक खतरा को रुपमा उभिएका छन्। यस प्रणाली को मद्दत ले यी सम्पूर्ण चुनौती को सहज रूप ले सामना गर्न सकिनेछ।

सानो भन्दा सानो ड्रोन पत्ता लगाउन यस प्रणाली ले रडार, इलेक्ट्रो-अप्टिकल/इन्फ्रारेड सेन्सर र रेडियो फ्रीक्वेंसी को उपयोग गर्दछ।

यसका लागि डीआरडीओ को वैश्विक नेभिगेसन स्याटेलाइट प्रणाली को प्रयोग गरिन्छ।

डीआरडीओ द्वारा विकसित यस प्रणालीको मद्दत ले भारतीय सशस्त्र सेनाले कुनै पनि हवाइ खतराको सहजता का साथ सामना गर्न सक्नेछन्।

समझौता भएको केही दिन मा नै भारतीय सेना ले स्थिर र मोबाइल दुवै बाट संचालन गर्न सकिने एनएडीएस प्राप्त गर्नेछन्।

पहिलो पटक यस प्रणालीको प्रयोग गणतन्त्र दिवस को परेडमा सुरक्षा प्रदान गर्न गरिएको थियो। त्यसपछि लाल किला बाट प्रधानमन्त्री मोदीको सम्बोधन को क्रम मा‌ पनि यस प्रणालीको प्रयोग गरिएको थियो। चारैतिर निरिक्षण गर्न सकिने यस प्रणालीको प्रयोग मोदी ट्रम्पको अहमदाबाद रोड शो मा‌ पनि गरिएको थियो।

आत्मनिर्भर भारत पहल अन्तर्गत यस प्रणालीको को निर्माण गरिएको हो। यस प्रणाली को निर्माण गर्न बीईएल को धेरै एकाइहरु, अर्थात् बंगलुरु, हैदराबाद, पुणे र मचिलिपट्नम, डीआरडीओ प्रयोगशाला, इलेक्ट्रोनिक्स र रडार विकास प्रतिष्ठान, बेंगलुरु; रक्षा इलेक्ट्रोनिक्स अनुसन्धान प्रयोगशाला, उच्च ऊर्जा प्रणाली र विज्ञान केन्द्र,हैदराबाद, उपकरण अनुसन्धान र विकास प्रतिष्ठान देहरादून; र भारतीय नौसेना सामेल भएका थिए।