विगत सात दशकमा यो एकाइ आधुनिक, प्राविधिक र उन्नत शक्तिमा परिणत भएको छ

यस हप्ताको अन्त्यमा भारतीय नौसेना उड्डयनले राष्ट्रपति रामनाथ कोविन्दको हात बाट राष्ट्रपति रंग प्राप्त गर्नेछन्।

राष्ट्र को लागी असाधारण सेवा प्रदान गरेकोमा यस एकाइले यस्तो सर्वोच्च सम्मान पाउन लागेको हो।

रक्षा मन्त्रालयले बुधवार जारी गरेको एक प्रेस विज्ञप्ति अनुसार राष्ट्रपतिको रंग को पुरस्कार बाट सम्मानित हुनु एक उच्च व्यावसायिक मापदण्ड र नौसेना उड्डयन को उत्कृष्ट संचालन प्रदर्शन को प्रमाण हो। यस एकाइले राष्ट्र को सेवा मा आफूलाई विशिष्ट बनाएको छ।

सेप्टेम्बर महिनाको ६ तारिख मा गोवाको आइएनएस हंसा मा आयोजना हुने एक औपचारिक परेड मा यस एकाइलाई सम्मानित गरिनेछ।

नौसेना उड्डयन को लामो यात्रा

सन् १९५१ जनवरी १३ तारिख मा भारतीय नौसेना उड्डयन ले पहिलो सामुद्रिक भूमि विमान संचालनमा ल्याएका थिए। सन् १९५३ मे महिनाको ११ तारिख मा पहिलो नौसेना हवाइ अड्डा आइएनएस गरुड को संचालन भएको थियो।

सन् १९५८ मा एक सशस्त्र विमान संचालन मा ल्याइयो र विस्तारै नौसेना उड्डयनले एक विशाल नौसेनाको विस्तार गर्दै लग्यो।

अर्को वर्ष भारतीय नौसेना उड्डयन ले भारतीय नौसेना हवाइ स्क्वाड्रन (आईएनएएस) ५५० सहित १० वटा सिल्याण्ड, १० बटा फायरफ्लाई र तीन एचटी -२ विमानहरु संचालन मा ल्यायो।

विस्तारै उडड्यन ले आफ्नो सेवा बिस्तार गर्दै लग्यो। उड्डयन ले एलोवेट विमान, एस ५५, सिकिङ्ग ४२ए र ४२बी, कामोभ २५, २८ र ३१, युएच३एच, हल्का उन्नत हेलीकाप्टर र एमएच६०आर पनि आफ्नो सेवा मा थप्यो।

सन् १९७६ मा भारतीय वायुसेनाले समुद्री टोही (एमआर) को पनि विस्तार गर्यो। सन् १९७७ मा आईएल -३८ र १९८९ मा टीयू १४२ एम समावेश गरियो। सन् १९९१ मा डोरनियर २२८ र २०१३ मा बोइङ पि ८१ समावेश गरियो।

सन् १९५७ आइएनएस विक्रांत को समावेश ले भारतीय उड्डयन झन् शक्तिशाली बनेको थियो। त्यसपछि समुद्री हक र एलाइज स्क्वाड्रन पनि उड्डयना मा थपियो।

सन् १९६१ मा गोवाको स्वतन्त्रता मा आईएनएस विक्रान्तले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो। सन् १९७१ मा भारत-पाक युद्धमा यसको उपस्थिति निर्णायक साबित भएको थियो।

८० को दशकमा आइएनएस विराट र एतिहासिक हैरियर्स को जोडाइले भारतीय नौसेना को वाहक संचालन झनै बलियो बन्यो।

पछिल्लो दशकमा शक्तिशाली आईएनएस विक्रमादित्यमा मिग २ के को आगमनले यसलाई थप शक्ति प्रदान गर्यो।

गत महिना,स्वदेशी निर्मित विमान वाहक, आईएनएस विक्रान्त को नयाँ अवतार ले भारतीय नौसेनाको शक्ति थप वृद्धि भएको छ।

भारतीय तटमा बलियो उपस्थिति

भारतीय तट र अण्डमान र निकोबार टापुमा भारतीय नौसेना उड्डयनको हाल नौ वटा हवाइ अड्डा रहेको छ।

विगत सात दशकमा यो एकाइ आधुनिक, प्राविधिक र उन्नत शक्तिमा परिणत भएको छ। यस एकाइ सँग हाल २ सय ५० भन्दा बढि विमान, समुद्री टोही विमान, हेलिकप्टरहरु र दुर्गम पाइलट विमान आरपीए रहेका छन्।‌

लडाकु विमान ले तीनै आयामहरुमा नौसेना संचालनलाई समर्थन गर्न सक्छ र हिन्द महासागर क्षेत्र मा समुद्री निगरानी र एचएडीआर को लागी कार्य गर्न सक्दछ।

विभिन्न अभियान जस्तो अप्ट क्याक्टस, ओपी बृहस्पति, ओप शील्ड, ओप विजय र ओप पराक्रम मा नौसेना उड्डयनले आफैंलाई प्रखर बनाएको छ।

यसले भारतीय नौसेनाको तर्फबाट एचएडीआर अभियानमा नेतृत्व गरेको छ। धेरै आईओआर राष्ट्रहरुलाई राहत प्रदान गरेको छ। सन् २००४ को ओप कास्टर, सन् २००६ को ओप सुकुन, सन् २०१७ को ओप सह्यम, सन् २०१८ को ओप मदाद, सन् २०१९ को ओप सहायता र भर्खरै मे २१ मा चक्रवात मा यसले बचाव अभियान सञ्चालन गरेको थियो।

नौसेना उड्डयनले महिलालाई पनि समान अवसर प्रदान गरेको छ। उनीहरु आज आफ्ना पुरुष समकक्षहरु संग काँधमा काँध मिलाएर काम गर्न सक्षम छन्।

नौसेना मा कार्यरत विभिन्न कर्मीचारी ले एक महावीर चक्र, छ वीर चक्र, एक कीर्ति चक्र, सात शौर्य चक्र, एक युद्धसेवा पदक र थुप्रै नौ सेना पदक (वीरता) प्राप्त गरेका छन्।