भारतमा हालसम्म ६५ करोड ४१ लाख भन्दा बढी खोप प्रदान

भारतमा एकैदिन १ करोड ३३ लाख खोप खुराक प्रदान गरिएको छ। हालसम्म मा प्रदान गरिएको यो सबैभन्दा उच्च खोप खुराक संख्या हो।

बुधबार केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको बिहान ७ बजेसम्म को अस्थायी प्रतिवेदन अनुसार गत २४ घण्टामा १ करोड ३३ लाख १८ हजार ७ सय १८ खोप खुराक प्रदान गरिएको छ।

पाँच दिनमा दोस्रो पटक भारतमा १ करोड भन्दा बढी खोप खुराक प्रदान गरिएको छ।

यसैका साथ हालसम्म भारतमा कुल ६५ करोड ४१ लाख १३ हजार ५ सय ८ खोप खुराक प्रदान गरिएको छ।

यी सम्पूर्ण खोप खुराक ६९ लाख ६ हजार ३ सय ५७ सत्र मार्फत प्रदान गरिएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार केन्द्र सरकार सम्पुर्ण वयस्क जनताका लागि द्रुत गतिमा खोप प्रदान गर्न प्रतिबद्ध रहेको छ।

त्यस्तै गत २४ घण्टामा ३३ हजार ९ सय ६४ जना निको भएका छन्। जसका कारण हालसम्म ३ करोड १९ लाख ९३ हजार ६ सय ४४ जना विरामी निको भइसकेका छन्।

यसका साथै भारतको संक्रमण मुक्त दर ९७.५१ प्रतिशत पुगेको छ।

यसका साथै राज्य सरकार र केन्द्र शासित प्रदेश को संयुक्त प्रयासको नतिजा अनुसार लगातार ६६ दिन भारतमा ५० हजार भन्दा कम नयाँ संक्रमित विरामी थपिएका छन्।

गत २४ घण्टामा ४१ हजार ९ सय ६५ जना नँया संक्रमित विरामी थपिएका छन्।

देशको सक्रिय संक्रमित संख्या हाल ३ लाख ७८ हजार १ सय ८१ पुगेको छ। हाल सो संख्या देशको कुल सकारात्मक संख्या को १.१५ प्रतिशत हो।

गत २४ घण्टामा १६ लाख ६ हजार ७ सय ८५ वटा नमुना परीक्षण गरिएको छ। हालसम्म देशमा ५२ करोड ३१ लाख ८४ हजार २ सय ९३ वटा नमुना परीक्षण भइसकेको छ।

यसका साथै देशको साप्ताहिक सकारात्मकता दर मा पनि कमी आउँदै गएको छ। हाल साप्ताहिक सकारात्मकता दर २.५८ प्रतिशत पुगेको छ। लगातार ६८ दिन यो दर ३ प्रतिशत भन्दा कम मा कायम रहँदै आएको छ।

दैनिक सकारात्मक दर २.६१ प्रतिशत पुगेको छ।
लगातार ८६ दिन सो दर ५ प्रतिशत भन्दा कम मा कायम रहँदै आएको छ।