तालिबानको पाकिस्तानी आईएसआई र कुख्यात हक्कानी समूहसँग गठबन्धन भएकोले अफगानिस्तान आतंकवादीहरुको स्वर्ग बन्ने सम्भावनालाई लिएर नँया दिल्ली चिन्तित

अफगानिस्तानबाट अमेरिका सेना फिर्ता भएपछि तालिबानले देशको पूर्ण नियन्त्रण लिएको छ। यसका साथै देशमा धेरै अनिश्चितता फैलिएको छ। अफगानिस्तान मा भारतले गरेको लगानी र पूर्वाधार विकास धराप मा छ। यतिमात्र नभएर तालिबान को यस कब्जाले नयाँ दिल्ली को लागी सुरक्षा सम्बन्धी धेरै चिन्ता बढाएको छ।

दोहामा भारतीय राजदूत र तालिवान नेता बीच भेट

ऐतिहासिक घनिष्ठता र सम्बन्ध का कारण र एक छिमेकी भएको नाताले, भारत अफगानिस्तान मा भइरहेको घटनाक्रम प्रति उदासीन रहन सक्दैन। विगत केही महिनादेखि भारतीय सुरक्षा अधिकारीहरु र कूटनीतिज्ञहरु तालिबान प्रतिनिधिहरु संग छलफल मा रहेको बुझिएको छ। तर पहिलो पटक सरकारले सार्वजनिक रुपमा यस्तो बैठक लाई स्वीकार गरेको छ।

विदेश मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार कतारका लागि भारतीय राजदूत दीपक मित्तल र तालिबानको राजनीतिक कार्यालयका प्रमुख शेर मोहम्मद अब्बास स्टेनकजई बीच भेट भएको छ।

विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति मा भनिएको छ, " सो बैठक रक्षा, सुरक्षा र अफगानिस्तानमा फसेका भारतीय नागरिकहरुलाई चाँडै फर्काउने विषयमा केन्द्रित थियो। भारत आउन चाहने अफगानी नागरिकहरु, विशेष गरी अल्पसंख्यकहरु, का बारे पनि छलफल भएको थियो।"

अझै पनि काबुलमा धेरै भारतीयहरु फसेका छन्

अफगानिस्तानबाट सबै भारतीयहरुको सुरक्षित फिर्ती नै भारतको प्राथमिकता बनेको छ। अमेरिकी सेना फिर्ता गएपछि काबुल विमानस्थल सम्पुर्ण रुपमा तालिबानको नियन्त्रणमा छ। लगभग १ सय ४० भारतीय र सिख समुदायका सदस्यहरु अझै काबुलमा फसेका छन्, र उनीहरुलाई फिर्ता ल्याउनु नै हालको प्राथमिकता हो।

हालसम्म भारतले १ सय १२ अफगानी नागरिक सहित ५ सय ५० भन्दा धेरै मानिसहरुलाई दिल्ली ल्याएको छ।

सरकारलाई सुरक्षा चिन्ता छ र प्रत्येक भिसालाई कडाईका साथ नियमन गरीरहेको छ।

विदेश मन्त्रालयको बयान अनुसार तालिबान नेताले भारतीय राजदूतलाई सबै मुद्दाहरु "सकारात्मक रुपमा सम्बोधन" गरिने भनेर आश्वासन दिएका छन्।

अफगानिस्तानमा भारतको पूर्वाधार र लगानी जोखिममा

भारत तालिबान संग संलग्न हुने वा नहुने भनेर दुविधामा फसेको छ। अफगानिस्तान मा भारतीय हित सुरक्षित गर्न नयाँ दिल्ली हर सम्भव प्रयास गरिरहेको छ।‌

भारतले यस बर्षको शुरूमा भारत-अफगानिस्तान मैत्री बाँध पछि दोस्रो ठूलो बाँध बनाउने घोषणा गरेको थियो। भारतले अफगानिस्तानको राजधानीमा संसद भवन पनि बनाएको थियो। भारतले अफगानिस्तान- नयाँ दिल्लीलाई सामुद्रिक भूमि पहुँच दिन चाबहार बन्दरगाह विकास गरेको थियो। अब यसमा पनि प्रश्न उठाइने छ।

भारतलाई सुरक्षाको चिन्ता

सन् १९९० मा‌ तालिबानको राजमा थुप्रै घट्ना भएको थियो। त्यसकारण वर्तमान परिस्थितिमा शान्ति र स्थायित्व को मुद्दा मा असंख्य प्रश्नहरु उठेका छन्। अल कायदा, इस्लामिक स्टेट-खोरासान प्रान्त, हक्कानी नेटवर्क, र तेहरिक-ए-तालिबान पाकिस्तान जस्ता आतंकवादी समूहहरुको लागि अफगानिस्तान सुरक्षित गढ बन्दै आएको छ।

भारतलाई हक्कानी समूह बारे चिन्ता छ। हक्कानी समुहको नेता सिराजुद्दीन हक्कानी हुन् र उनी तालिबानको उपनेता पनि हुन्। सन् २००८-२००९ मा भारतीय दूतावास मा भएको हमला का लागी यही समुह जिम्मेवार थियो। सो हमलामा भारतीय कूटनीतिज्ञ सहित ७५ भन्दा बढी मानिसहरुको मृत्यु भएको थियो। साथै तालिबान पाकिस्तानको‌ कठपुतली भएको पनि विश्वास गरिन्छ।

हाल सबै जना पाकिस्तान र तालिबानको गोप्य सम्बन्ध बारे कुरा गरिरहेका छन्। तालिबान ले यति सजिलै अफगानी सेना माथि जित हासिल गरेको देखेर पुरा विश्वाश चकित परेको छ। अमेरिकी सेनाले अफगानी सेनालाई हतियार आफुर्ति गर्नु का साथै प्रशिक्षण पनि दिएको थियो।

तर पनि अफगानी सेनाले सजिलै हार माने। धेरै पाकिस्तानीहरूले देशमा तालिबानको विजय मनाएका थिए। तालिबानले काबुल कब्जा गरेपछि पाकिस्तानका धेरै इस्लामिक संगठनहरुले मिठाई बाँडेका थिए।

भर्खरै, पाकिस्तान अधिकृत कश्मिर (पीओके) मा तालिबानका समर्थकहरु ले एक र्‍याली‌ निकालेका थिए। सो बारे थुप्रै भिडियो बाहिर आएका थिए। जसमा पाकिस्तान स्थित आतंकवादी समूहहरु जैश-ए-मोहम्मद र लश्कर-ए-तैयबा का कार्यकर्ताहरु रैलीमा भाग लिएका र विजयउत्सव मनाउने हावा मा गोली प्रहार गरिरहेका देखिन्थे।

तालिवानले भारतीय एयरलाइन्सको विमान अपहरण गरेको घट्ना अझै ताजा छ। सन् १९९९ मा भारतीय एयरलाइन्सको एउटा विमान अपहरण गरी अफगानिस्तानको कंधारमा अवतरण गरिएको थियो।

यात्रीहरुको सुरक्षित रिहाइ को बदलामा भारतले तीन पाकिस्तानी आतंकवादीहरुलाई रिहा गर्नुपरेको थियो। पछि तालिबानले विमान अपहरणकर्ता र रिहा भएका बन्दीहरुलाई पाकिस्तान पठाएको थियो। यो घटना पाकिस्तानद्वारा प्रायोजित आतंकवादी समूह र तालिबानले मिलेर के गर्न सक्छन् भन्ने एउटा प्रमुख उदाहरण हो।

तालिबानको अधीनमा रहेको अफगानिस्तान पाकिस्तानमा सक्रिय आतंकवादी समूहहरुको लागि सुरक्षित आश्रयस्थल र प्रशिक्षण स्थल बन्ने डर त्यति नै छ।