रक्षा र सुरक्षा सम्बन्ध स्थापना सहित भारत र अल्जेरिया घनिष्ठ साझेदार

आईएनएस तबर हाल युरोप र एसिया मा आफ्नो सद्भावना भ्रमण मा रहेको छ। सोही क्रममा आइतबार आईएनएस तबर र अल्जेरियाली नौसेना जहाज एजेड्जर संयुक्त सामुद्रिक अभ्यासमा सहभागी भएका छन्।

अल्जेरियाको तटमा आयोजित यस महत्वपूर्ण अभ्यास मा अल्जेरियाली युद्धपोत एजेड्जर को सहभागिता देखिएको थियो।

अभ्यासको क्रममा भारतीय र अल्जेरियाली युद्धपोत बीच समन्वित युद्धाभ्यास, संचार प्रक्रिया र अन्य विविध गतिविधि गरिएका थिए।

यस अभ्यासले दुवै देशका नौसेना ले एक अर्काले गर्ने प्रक्रिया बुझ्न सक्षम बनाएको छ।‌‌‌साथै यस अभ्यास को मद्दत ले दुवै नौसेना बीच अन्तरक्रिया र समर्थन वृद्धि गरेको छ।

रक्षा र सुरक्षा सम्बन्ध स्थापना सहित भारत र अल्जेरिया घनिष्ठ साझेदार पनि हुन्। यी दुई देशबीच अन्तरिक्ष, आतंकवाद, शिक्षा र अन्य मामिलामा द्वीपक्षीय सहयोग सम्बन्ध पनि स्थापित छन्।

सन् २००१ मा मनाइएको गणतन्त्र दिवस को अवसरमा अल्जेरिया का राष्ट्रपति बोटरफ्लिका मुख्य अतिथी को रुपमा उपस्थित हुनुहुन्थ्यो।