यस प्रस्तावद्वारा अफगानिस्तान सम्बन्ध मा भारत को प्रमुख चिन्ता को सम्बोधन हुने

अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता गर्ने प्रक्रिया पूरा गरेसँगै हिंसाका बढ्दो घटनाका बीच डर र अनिश्चितता धेरै गुणा बढेको छ। यसै ‌‌‌‌‌‌क्रममा संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्षको रुपमा भारतले मंगलबार अफगानिस्तान सम्बन्ध मा २५९३‌ प्रस्ताव पारित गरेको छ।

सो प्रस्ताव अनुसार कुनै देशलाई धम्की दिन र आक्रमण गर्न वा आतंकवादीहरुलाई आश्रय र तालिम दिन वा आतंकवादी कार्यहरुको योजना र वित्त पोषण गर्न अफगानिस्तानको प्रयोग गर्न नदिने माग गरिएको छ।

यस प्रस्ताव मा विशेष गरी युनएससी प्रस्ताव १२६७ अर्थात लश्कर-ए-तैयबा र जैश-ए-मोहम्मद बारे उल्लेख गरिएको छ।

यस का साथै यस प्रस्ताव ले काबुल विमानस्थल बाट यात्रा को सुविधा बारे भारतको चिन्ता को पनि समाधान गरेको छ ‌‌। यसमा अफगानिस्तान मा फसेका भारतीय नागरिकहरुका साथै भारत यात्रा गर्न चाहने अफगान नागरिकहरु (अल्पसंख्यक सहित) का बारे पनि उल्लेख गरिएको छ।

मानवीय सहायता, मानव अधिकार, समावेशी र वार्ता बाट समस्या समाधान जस्ता विषय पनि यस प्रस्ताव मा राखिएका छन्।

यसका साथै सुरक्षा परिषद्ले यस सम्बन्धमा सम्पूर्ण जानकारी आफुमा निहित राख्ने निर्णय लिएको छ।

"संयुक्त राष्ट्र सुरक्षा परिषदको यो निर्णयले अफगानिस्तानमा विकसित हुने घट्नाक्रम मा महत्वपूर्ण असर पार्ने हामी ले विश्वास लिएका छौं। हाम्रो अध्यक्षता को क्रममा यस्ता महत्वपूर्ण अन्तराष्ट्रिय मुद्दामा केही ठोस निर्णय लिइएको छ। यसमा हामिलाई निकै सन्तुष्टि प्राप्त भएको छ।" नाम नछाप्ने शर्त मा यस विकास सँग परिचित व्यक्तिले भने।

नाम नखुलाउने शर्त मा घट्नाक्रम बारे जानकार एक व्यक्ति का अनुसार यस बिषयमा भारत पछिल्ला केहि दिन देखि युएनएससी का प्रमुख सदस्यहरु संग लगातार सम्पर्क मा रहँदै आएको छ। विदेश मन्त्री एस जयशंकर र अमेरिकी विदेश सचिव ब्लिन्केन बीच पनि यही विषयमा छलफल भएको थियो। यस का साथै उच्च स्तरीय आधिकारिक व्यक्तित्वहतु पनि यसै विषयमा छलफल मा‌ व्यस्त थिए।

यसै महिना को ६, १६ र २७ तारिख गरी तीन पटक सुरक्षा परिषदले अफगानिस्तान सम्बन्ध मा वक्तव्य दिसकेको छ।

सुरक्षा परिषदको अध्यक्ष का नाताले भारतले स्थिति को गम्भीरता स्वरुप अफगानिस्तान मुद्दा मा सुरक्षा प्रस्ताव पारित हुनुपर्ने मा जोड दिएको थियो।

अफगानिस्तानको बदलिँदो स्थितिलाई ध्यानमा राखी प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशमन्त्री एस जयशंकर, एनएसए अजित डोभाल र वरिष्ठ अधिकारीहरु मिलेर एक उच्चस्तरीय समूह बनाउन र भारतको तत्काल प्राथमिकतामा केन्द्रित हुन निर्देशन दिनुभएको छ।

यस उच्चस्तरीय समूहले नियमित रुपमा बैठक गरीरहेको छ। बैठकमा विशेषतः फंसेका भारतीयहरुको सुरक्षित फिर्ती, अफगानिस्तानका नागरिकहरु (विशेष गरी अल्पसंख्यकहरु) को भारत यात्रा, र भारत विरुद्ध कुनै पनि आतंकवाद क्रियाकलाप अफगानिस्तान को भूभाग मा हुन नदिन छलफल भएको थियो।‌‌‌‌

स्रोत का अनुसार यस समुहले निरन्तर रुपमा अफगानिस्तानको स्थिति र अन्तर्राष्ट्रिय प्रतिक्रिया माथि निगरानी राखिरहेको छ।