दैनिक सकारात्मक दर २.२२ प्रतिशत, लगातार ८५ दिन ५ प्रतिशत भन्दा कम मा कायम

सोमबार सम्ममा भारतमा ६४ करोड भन्दा बढी खोप प्रदान गरिएको छ।

मंगलबार बिहान ७ बजेसम्म को अस्थायी प्रतिवेदन अनुसार गत २४ घण्टामा ५९ लाख ६२ हजार २ सय ८६ खोप खुराक प्रदान गरिएको छ। यसैका साथ हालसम्म भारतमा कुल ६४ करोड ५ लाख २८ हजार ६ सय ४४ खोप खुराक प्रदान गरिएको छ।

यी सम्पूर्ण खोप खुराक ६८ लाख ५० हजार ४ सय ६४ सत्र मार्फत प्रदान गरिएको हो।

देशव्यापी खोप अभियान को नँया चरण को सुरुवात जून महिनाको २१ तारिख देखि सुरु भएको हो।

धैरै खोप को उपलब्धता, राज्य र केन्द्र शासित प्रदेश लाई अग्रिम योजना बनाउन को लागि बढाइएको खोप आपूर्ति का कारण देशव्यापी रूपमा खोप अभियान तिब्र बनाइएको छ।

त्यस्तै गत २४ घण्टामा ३६ हजार २ सय ७५ जना निको भएका छन्। जसका कारण हालसम्म ३ करोड १९ लाख ५९ हजार ६ सय ८० जना विरामी निको भइसकेका छन्।

यसका साथै भारतको संक्रमण मुक्त दर ९७.५३ प्रतिशत पुगेको छ।

यसका साथै राज्य सरकार र केन्द्र शासित प्रदेश को संयुक्त प्रयासको नतिजा अनुसार लगातार ६५ दिन भारतमा ५० हजार भन्दा कम नयाँ संक्रमित विरामी थपिएका छन्।

गत २४ घण्टामा ३० हजार ९ सय ४१ जना नँया संक्रमित विरामी थपिएका छन्।

देशको सक्रिय संक्रमित संख्या हाल ३ लाख ७० हजार ६ सय ४० पुगेको छ। हाल सो संख्या देशको कुल सकारात्मक संख्या को १.१३ प्रतिशत हो।

गत २४ घण्टामा १३ लाख ९४ हजार ५ सय ७३ वटा नमुना परीक्षण गरिएको छ। हालसम्म देशमा ५३ करोड १५ लाख ४१ हजार ९८ वटा नमुना परीक्षण भइसकेको छ।

यसका साथै देशको साप्ताहिक सकारात्मकता दर मा पनि कमी आउँदै गएको छ। हाल साप्ताहिक सकारात्मकता दर २.५१ प्रतिशत पुगेको छ। लगातार ६७ दिन यो दर ३ प्रतिशत भन्दा कम मा कायम रहँदै आएको छ।

दैनिक सकारात्मक दर २.२२ प्रतिशत पुगेको छ।
लगातार ८५ दिन सो दर ५ प्रतिशत भन्दा कम मा कायम रहँदै आएको छ।