यसअघि अगस्ट महिनाको २४ तारिख मा यो जहाज इन्डोनेसियाको जकार्ता स्थित तान्जुङ प्रियोक बन्दरगाहमा थियो

वर्तमान समयमा भारतले सागर अभियान संचालन गर्दै आएको छ। सोही अन्तर्गत सोमबार आईएनएस ऐरावत कोविड राहत सामग्री लिएर भियतनाम को हो ची मिन्ह शहरको बन्दरगाह मा पुगेको छ।

यस जहाज मा ०५ आईएसओ कन्टेनरमा सय मेट्रिक टन तरल चिकित्सा अक्सिजन र १० एलपीएम क्षमताको ३ सय अक्सिजन कन्सेन्ट्रेटर रहेको छ। कोविड १९ महामारीको सामना गर्न भियतनाम सरकारले भारत सरकार सँग यी राहत सामग्री को माग गरेको थियो।

विशाखापट्टनम स्थित पूर्वी नौसेना कमान्ड ले स्वदेशी रुपमा आईएनएस ऐरावत को निर्माण गरेका हुन्। हाल यो जहाज दक्षिण पूर्व एशिया मा कोविड राहत सामग्री पुगाउन खटाइएको छ।

यसअघि अगस्ट महिनाको २४ तारिख मा यो जहाज इन्डोनेसियाको जकार्ता स्थित तान्जुङ प्रियोक बन्दरगाहमा थियो। सो क्रममा यस जहाज ले इन्डोनेसिया मा इन्डोनेसिया सरकारले अनुरोध गरे अनुसार १० तरल चिकित्सा ऑक्सीजन पुगाएको थियो।

भारत सरकार को सागर (क्षेत्र मा सबै को लागी सुरक्षा र बृद्धि) को हिस्सा को रूप मा, भारतीय नौसेना हाल विभिन्न देशमा सक्रिय रूप मा संलग्न हुँदै आएको छ। दक्षिण एशिया, दक्षिण पूर्व एशिया र पूर्वी अफ्रिका सहित विभिन्न क्षेत्रमा यो जहाज मानवतावादी अभियान मा पनि संलग्न हुँदै आएको छ।

भारत र भियतनाम बीच सुमधुर र बलियो मैत्री सम्बन्ध रहेको छ। हाल यी दुई देश सामुद्रिक क्षेत्र मा रक्षा र सुरक्षा का लागि एकसाथ कार्य गर्दै आएका छन्।

दुई देशका नौसेनाहरु पनडुब्बी, उड्डयन र प्राविधिक प्रशिक्षण जस्ता विविध क्षेत्र मा एक साथ मिलेर काम गर्दै आएका छन्। साथै दुवै देशका सेना विभिन्न प्रशिक्षण कार्यक्रम र द्विपक्षीय अभ्यास मा संयुक्त रुपमा भाग लिंदै आएका छन्।‌‌

यस राहत सामग्री आपूर्ति बाट दुई देशबीच को रणनीतिक सम्बन्ध अझ सुदृढ हुने आशा गरिएको छ।

हो ची मिन्ह शहरमा राहत सामग्री आपूर्ति पछि यो जहाज अन्य मैत्रीपूर्ण राष्ट्रहरु लाई चिकित्सा आपूर्ति प्रदान गर्न प्रस्थान गर्नेछ।